IME Life New

सम्पुर्ण सिइओको एक मत ‘अभिकर्ताको तालिम इन्स्योरेन्स इन्स्टिच्युटबाट सम्भव छैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पुर्ण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बीमा अभिकर्ताको तालिम इन्स्योरेन्स इन्टिच्युट नेपालबाट सम्भव नभएको भन्दै सञ्चालन नगर्न सुझाव दिएका छन् । बीमा अभिकर्ताको तालिम सञ्चालन सम्बन्धमा समितिले आज सम्पुर्ण जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र तालिम विभागका प्रमुखहरु सँग छलफल आयोजना गरेको थियो ।

समितिले बीमा अभिकर्ताको तालिम इन्स्योरेन्स इन्स्टिच्युट नेपालबाट आयोजना गर्न के गर्नु पर्छ भन्दै कम्पनीहरु सँग राय तथा सुझाव माग गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा तालिम विभागका अधिकाम्स प्रतिनिधिहरुले साधारण अभिकर्ताको तालिम इन्स्टिच्युटबाट सम्भव नभएको भन्दै यस्तो काम बीमा कम्पनीहरुलाई नै छाडिदिन अनुरोध गरेका छन् ।

Esewa
Crest

हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले दैनिक ४०/५० वटा तालिम गरिरहेको हुँदा अहिले नै उक्त तालिम इन्स्टिच्युट मार्फत सञ्चालन गर्दा भद्रगोल हुने र बीमा समिति १०/२० वर्ष  पछाडिको पुरानै अवस्थामा फर्किने बताएका थिए । उनिहरुले साधारण अभिकर्तालाई तालिम दिनु भन्दा कम्पनीले तोकिदिएका केहि अभिकर्तालाई एड्भान्स किसिमको तालिम प्रदान गर्न सुझाव दिएका छन् । केहि अभिकर्तालाई एड्भान्स तालिम दिने हो भने उनिहरुले नै साधारण किसिमका अभिकर्तालाई तालिम दिने भन्दै इन्स्टिच्युटबाट तालिम लिएर निस्केका अभिकर्तालाई नै दक्ष बनाउने गरि कोर्स डिजाइन गर्न उनिहरुले माग राखेका हुन् ।

इन्स्टिच्युट सँग धेरै अभिकर्ताहरुलाई तालिम दिन सक्ने रिसोर्स तथा तालिम दिने ट्रेनर पनि नभएको हुँदा यो सम्भव नभएको जिकिर गरेका थिए । कार्यक्रममा उपस्थित एक प्रमुख कार्यकारी अधिकृतले भने ‘इन्स्टिच्युटबाट तालिम सम्भव नभएको भन्दै छलफलमा सहभागी प्रायः सबैको एक मत रहेको थियो ।’

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले केहि समय अगाडी उपत्यका भित्रका अभिकर्ताहरुलाई  इन्स्योरेन्स इन्टिच्युट नेपालबाटै तालिम प्रदान  गर्नु पर्ने बताएका थिए । यहि विषयलाई कार्यान्वयनका लागि कम्पनीहरु सँग प्रतिक्रिया लिन खोज्दा कम्पनीहरुले असहमति जनाएका हुन् । उनिहरुले सबै अभिकर्ताको साट्टो आफ्ना तालिम विभागका कर्मचारी वा सिनियर अभिकर्ताहरुलाई तालिम प्रदान गरिदिन अनुरोध गरेका हुन् । यसका लागि तालिमको राम्रो प्याकेज बनाउन र दक्ष तालिम दिने व्यक्तिको व्यवस्था गर्नु पर्ने भन्दै माग राखेका छन् ।

बीमा समितिले पछिल्लो समय बीमा सम्बन्धी सम्पुर्ण तालिमहरु यहि इन्स्टिच्युट मार्फत गराउदै आएको छ । समय समयमा कम्पनीहरुलाई विभागै तोकेर तालिममा पठाउन समेत निर्देशन दिदै आएको छ । समितिले यसरी तालिममा जवरजस्ती सरिक गराउदै गर्दा गुणस्तर भने नभएको भन्दै गुनासो गरिरहेका छन् । कम्पनीहरुले इन्स्टिच्युटलाई विदेशबाट अध्ययन गरेर आएका, नेपालमै बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका तथा बीमा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई ट्रेनरको रुपमा राख्न अनुरोध गर्दै आएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले दिएका सल्लाह र सुझावका आधारमा समितिले आवस्यक निर्देशन दिने छ । कार्यक्रममा सहभागी अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलले सहभागी सम्पुर्ण प्रमुख कार्यकारी अधिकृत तथा तालिम विभाग प्रमुखहरुको सुझाव लिने काम गरेका थिए ।

बीमा समितिले अभिकर्ताको तालिमलाई व्यवस्थित बनाउन पहल गरिरहेको छ । कम्पनीहरुले दिने कतिपय तालिम इफेक्टिभ नहुने गरेको भन्दै केहि हदसम्म समितिले पनि अभिकर्ताहरुको तालिम गर्नु पर्ने माग उठ्दै आएको छ ।

यदि इन्स्टिच्युटले कोर्ष डिजाइन गरेरै निश्चित अवधिको तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकेमा उनिहरुलाई बीमा कम्पनीहरुले आफ्नो कम्पनीमा राख्ने भन्दै प्रतिवद्धता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS