Connect IPS
IME Life

कोरोनाको असर चन्द्रागिरी हिल्सको नाफामा, २५ करोड ३८ लाख नोक्सान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड १९ को प्रत्यक्ष प्रभाव चन्द्रागिरी हिल्सको वित्तीय विवरणमा देखिएको छ । नेपाल सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गर्दा चन्दागिरी हिल्सको व्यवसाय ढप्प भएको छ । व्यवसाय ठप्प हुँदा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २५ करोड ३८ लाख रुपैयाँ नोक्सान बेहोरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीले १० करोड ६६ लाख रुपैयाँ नोक्सान बेहोर्नु परेको थियो । गत आर्थिक वर्षमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको चन्द्रागिरी हिल्सले २२ करोड १५ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानी ४६ प्रतिशतले घटेको छ । त्यस्तै सञ्चालन तथा प्रशासनिक खर्च पनि ३० प्रतिशतले बढेको छ । लगातार नोक्सानमा रहेको चन्द्रागिरी हिल्सको जगेडा कोष ३९ करोड ३५ लाख रुपैयाँ ऋणात्मक छ ।

Prabhu
Crest

कम्पनीले आयोजना निर्माणका लागि २ अर्ब ४४ करोड रुपैयाँ कर्जा सापटी लिएको छ । कम्पनीले आयोजना बनाउन लागेको ऋण चुक्ता गर्न केहि जग्गा बिक्री गर्ने योजना पनि बनाएको छ । केहि ऋण जग्गा बिक्री गरेर आएको पैसाले भुक्तानी गर्ने र केहि वर्षको मुनाफाबाट विस्तारै कर्जा भुक्तानी पछि लाभांस वितरण गर्ने योजना बनाएको चन्द्रागिरी हिल्सालाई कोभिड १९ ले नराम्रो सँग प्रभावित पारेको छ । नोक्सान चुलिदा प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँले ऋणात्मक छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ छ । कम्पनीको नेटवर्थ जम्मा ७४ रुपैयाँ मात्रै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS