IME Life New

२४ लाख बढीको आवेदन परेको सानिमा लाइफको पहिलो कारोवार कतिमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ जीवन बीमा कम्पनी मध्यको एक सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको छ । नेपालको प्राथमिक बजारको ईतिहासमा यो रेकर्ड हो।

सानिमा लाइफको शेयर बाडँफाँड पश्चात पहिलो शेयर कारोवारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

Esewa
Crest

यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १०९ दशमलव ६७ को आधारमा रेञ्ज (१०९.६७ देखि ३२९.०१) तय हुने थियो तर आर्थिक वर्ष ७६/७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो।

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ। आईपीओ श्रावण २० गते देखि श्रावण २४ गते सम्म खुलेको थियो।

६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS