काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धक नियुुक्त गरेको छ । हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
आज विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविवि मर्चेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले २०७७ पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।