IME Life
GBIME

सानिमा लाइफको आइपीओमा हालसम्मकै उच्च आवेदन,२४ लाख बढीले भरे

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साउन २० गतेबाट निष्काशन तथा विक्री खुला गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज अन्तिम दिन कम्पनीको आइपीओ २४ लाखभन्दा बढीले भरेको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आज २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन दिएको हो । यो माग गरिएको भन्दा ६.८४ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो ।

Crest

उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS