IME Life New

नागरिक हितका लागि बीमा नीति लागु गर्ने गौर नगरपालिकाका मेयर गुप्ताको प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले गौर नगरपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितले बुधबार आयोजना गरेको कार्यक्रममा गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता सहित स्थानीय जनप्रनिधिहरुको सहभागिता थियो । बीमा समितिका निर्देशक दिनेश कुमार लालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरु, शिक्षक, व्यापारी, अभिकर्ता, किसान तथा सर्वसाधारणको सहभागिता थियो ।

Esewa
Crest

कार्यक्रममा निर्देशक लालले स्थानीय भाषामा बीमा सम्बन्धी प्रस्तुतिकरण दिएका थिए । उपनिर्देशक प्रदिप गौतमले स्वागत मन्तव्य दिनुका साथै कर्मचारी शिव प्रसाद खनालले कार्यक्रमलाई सहजिकरण गरेका थिए ।

बीमा समितिले स्थानीय नियकाहरुलाई आफ्नो नीति तथा कार्यक्रममा बीमालाई पनि प्राथमिकता दिन अनुरोध गर्दै आएको छ । यसै क्रममा चालु आर्थिक वर्षमा समितिले एक सय भन्दा धेरै स्थानीय निकायमा बीमा सम्बन्धी यस्तो कार्यक्रम गर्ने लक्ष्य लिएको छ । न्युन आय भएका नागरिकका लागि बीमा अपरिहार्य भएको भन्दै समितिले स्थानीय निकाय मार्फत बीमाको पहुँच बढाउने रणनीति लिएको छ ।

बीमा समितिले यस्तो कार्यक्रम ढिला गरि आयोजना गरेको भन्दै गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले दुखेसो पोखेका थिए । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारिसकेको हुँदा बीमाको विषयलाई समावेश गर्न नसकिने बताए । गुप्ताले नीति तथा कार्यक्रममा राख्न नपाए पनि स्थानीयहरुलाई बीमा गर्नका लागि अभिप्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

गुप्ताको दुखेसोलाई संवोधन गर्दै निर्देशक लालले यो कार्यक्रम अध्यक्ष सूर्य प्रसाद सिलावलको भिजन अनुसार सञ्चालन भएको र यो कार्यक्रम चालु आर्थिक वर्ष भरि नै सञ्चालन हुने बताएका थिए । उनले मेयर तथा सहभागिको प्रश्नको उत्तर दिएका थिए । अध्यक्ष सूर्य प्रसाद सिलवालको निर्देशन पछि सम्पुर्ण बीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत तथा शाखा प्रमुखहरुलाई दिइएको अधिकारको जानकारी मागिएको र उक्त विवरण प्राप्त भए पछि समितिले आवस्यक निर्देशन दिने लालले जनाएका थिए ।

बीमा समितिले काठमाडौंबाट आएर स्थानीय भाषामै बीम सम्बन्धी जनेचता मुलक जानकारी दिएको भन्दै मेयर गुप्ताले समितिलाई धन्यवाद दिएका छन् । स्थानीय निकायले बीमा गर्नका लागि सबैलाई अग्रह गर्ने तर भोलिका दिनमा दाबी पर्दा समस्या नहुने भन्दै गुप्ताले समितिलाई प्रतिवद्धता व्यक्त गर्न अनुरोध गरेका छन् । उनले भने ‘बीमा कम्पनीहरुले लिन मात्रै जानेका छन् तर दिन जानेका छैनन् ।’

कार्यक्रमका अधिकाम्स सहभागिले दाबी भुक्तानीलाई लिएर प्रश्न गरेका थिए । यस क्षेत्रमा बीमाको दाबीलाई लिएर नकारात्मक धारणा बढि रहेको लालले जानकारी दिए । उनिहरुले दाबी भुक्तानीलाई सहजिकरण गरिदिन समिति समक्ष आग्रह गरेका छन् । दाबी भुक्तानीलाई सहजिकरण हुने गरि कानुन निर्माण गर्न समेत उनिहरुले माग राखेका थिए । समितिले दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन परिमार्जन गरेकोले अवदेखि दाबी भुक्तानीमा खासै समस्या नआउने भन्दै निर्देशक लालले प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुले पनि बीमा समितिलाई अभिकर्ताको तालिम आयोजना गरिदिन अनुरोध गरेका छन् । त्यस्तै बीमा कम्पनीका कर्मचारीहरुले पनि बीमा सम्बन्धी तालिम आयोजना गरिदिन अनुरोध गरेका थिए ।

सहभागिले शाखा कार्यालयलाई केन्द्रबाट अधिकार प्रत्यायोजन नगरेको भन्दै आक्रोस पोखेका थिए । बीमा गर्ने वेलामा अण्डराइटिङको अधिकार शाखालाई दिने तर बीमालेख धितोमा राखेर कर्जा लिने बेलामा भने केन्द्रबाट अनुमति लिनु पर्ने अवस्था रहेको भन्दै केहि अधिकार शाखालाई पनि दिनु पर्ने माग राखेका छन् । सरेण्डर गर्नु पर्यो भने पनि केन्द्रबाट स्वीकृति लिनु पर्ने अवस्थालाई पनि परिमार्जन गर्न उनिहरुलाई अनुरोध गरेका छन् ।

कतिपय सहभागिले कृषि बीमाको पनि दाबी नपाएको भन्दै आक्रोस पोखेका थिए । नागरिक हितका लागि बीमा नीति लागु गर्ने भन्दै मेयर गुप्ताले प्रतिवद्धता व्यक्त गरेका छन् । बीमा गराउदा दोब्बर तेब्बर आउछ भनेर प्रचार गर्ने तर वास्तविकता भने त्यो नपाइएको भन्दै उनिहरुले सहि सूचना प्रवाह गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS