IME Life New

स्वास्थ्य मापदण्ड उल्लंघन गरि सभा सम्मेलन गर्नेलाई कडा कारबाही हुने, पुनः लकडाउन हुने संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ को संक्रमण दर बढेको भन्दै जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन नगर्न जिल्ला प्रशासनले निर्देशन जारी गरेको छ । प्रशासनले जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंईन गरि गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने भन्दै चेतावनी दिएको हो ।

काठमाडौं उपत्यकामा जारि गरिएको निषेध आदेश कायमै रहेको भन्दै सोहि अनुसार अगाडि बढ्न प्रशासनले अनुरोध गरेको छ । पछिल्लो केहि दिनदेखि काठमाडौं उपत्यका लगातका जिल्लाहरुमा करोना संक्रमणदर उच्च हुँदै गएको, अस्पतालहरुमा भेन्टीलेटर, आइसियु र आकस्मिक सेवाका वेडहरुमा विरामीहरुको चाप बढ्दै गएको भन्दै जिल्ला प्रशासनले कोरोनाको संक्रमण दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै जिमेवारी र भुमिका रहनु पर्ने जनाएको छ ।

Esewa
Crest

निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समुहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दुरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड १९ को संक्रमणदर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्न नगराउन प्रशासनले सबैलाई सूचित गरेको छ ।

कोभिड १९ को तेस्रो लहरको संक्रमणदर बढ्दै गए पछि प्रशासनले यस्तो चेतावनी दिएको हो । यदि यस्तो हिसावले संक्रमण दर बढ्यो भने पुनः लकडाउन तथा निषेधाज्ञा थपिने संकेत देखिएको छ । स्वास्थ्य मन्त्रालयले पनि गृह मन्त्रालयलाई कोभिड १९ को बढ्दो संक्रमणलाई लिएर संयमित हुन अनुरोध गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले पुनः निषेधाज्ञा तथा लकडाउनका लागि सरकारलाई सुझाव दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS