IME Life New

आजदेखि दोस्रो बजारमा दुई कम्पनीको शेयर कारोबार हुँदै, कतिमा होला पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दोस्रो बजारमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना लघुवित्तको वित्तीय संस्थाको शेयर कारोबार खुल्दैछ । यी कम्पनीले दोस्रो बजारमा शेयर कारोबारका लागि हिजो नेप्सेसँग सम्झौता गरेसँगै आजबाट कारोबार खुल्ने भएको हो ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले हिजो नेप्सेसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा कमपनीका प्रमुख कार्यकारी अधिकृत मजोज कुमार लाल कर्ण र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ULI सिम्बोल पाएको छ ।कम्पनीको आइपीओले न्युनतम प्रतिकित्ता ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य ११५ रुपैयाँ १३ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १४८ दशमलव ४६ को आधारमा रेञ्ज (१४८।४६ देखि ४४५।३८) तय हुने थियो तर आर्थिक वर्ष ७६/७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो। पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ।

कम्पनीले असार २४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता शेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएको थियो ।

त्यस्तै, दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचिकृत सम्झौता गरेको हो । सम्झौतापत्रमा मनकामना स्मार्ट लघुवित्तको तर्फबाट अजय गोयन्का र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

उक्त आइपीओ भोलिबाट दोस्रो बजारमा खरिदविक्री हुनेछ । लघुवित्तको आईपीओ डिम्याट खातामा आइसकेको छ । कम्पनीलाई नेप्सेले ‘MKLB सिम्बोल प्रदान गरेको छ ।

मनकामना स्मार्ट लघुवित्तको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ ।

आइपीओ बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०/१० कित्ता शेयर प्राप्त गरेका छन् । जसमध्ये दुई भाग्यशालीले थप एकरएक प्राप्त गरेका छन् । संस्थाले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । उक्त शेयरका लागि १९ लाख ५१ हजार ५२१ जनाले रितपुर्वक आवेदन दिएका थिए । रित पुर्वक आवेदन दिने मध्ये १९ लाख १५ हजारको हात खालि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS