IME Life New

नेपाल धितोपत्र बोर्डको कर्मचारी यूनियलले अध्यक्ष ढुङ्गानालाई निलम्बन गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचरी यूनियनले सर्वोत्तम सिमेन्टको विषयमा अध्यक्षको नाम जोडिएको भन्दै उनलाई तत्काल निलम्बन गरी छानविन कार्यक अगाडि बढाउन माग गरेको छ । बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा रहेको सर्वोत्तम सिमेन्टको शेयर अध्यक्ष भिष्मराज ढुङ्गानाले आफ्नै छोरीको नाममा खरिदे गरेको भन्ने कुरा सार्वजनिक भए पछि बोर्डको गरिमालाई आच पुर्याउन नदिन उनलाई अविलम्ब छानविन कार्य अगाडि बढाइ देषी देखिएमा हदैसम्मको कारबाही गर्नु पर्ने माग राखिएको छ ।

साउन १२ गते हिमाल खबर पत्रिका लगायत विभिन्न सञ्चालर माध्यममा अध्यक्ष ढुङ्गाना, नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक चन्द्र सिंह साउदले गोल्डेन शेयर खरिद गरेको खुलासा गरेका थिए । संचार माध्यममा आएका बिषयले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिता अनुसार गम्भिर नैतिक पतन (Utmost Moral Hazard) भएको देखिएको हुँदा, करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न यूनियनले माग गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS