काठमाडौं । बीमा कम्पनीका सञ्चालकहरुले प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गरेको अधिकारको वारेमा बीमा समितिलाई जानकारी गराउनु पर्ने भएको छ । समितिले कम्पनीहरुलाई घर जग्गा बाहेकको खरिदको अनुमति लिनु नपर्ने व्यवस्था गरे सँगै प्रमुख कार्यकारी अधिकृत र शाखा प्रमुखहरुको जिम्मेवारीको सम्बन्धमा जानकारी लिने भएको छ ।
कतिपय अवस्थामा प्रमुख कार्यकारी अधिकृतहरु निर्णय प्रकृयाँमा स्वतन्त्र हुन्छन् । उक्त अधिकार सञ्चालक समितिले उनिहरुलाई प्रत्यायोजन गरेका हुन्छन् । कतिपय बीमा कम्पनीहरुमा सञ्चालकहरु नै अगाडि सरेर कर्मचारीले गर्ने काम आफैले गरेका छन् । त्यस्तै कतिपय कम्पनीमा सञ्चालक समितिका पदाधिकारीहरुको अधिकार प्रमुख अधिकारी तथा उच्च व्यवस्थापनले प्रयोग गरिरहेका छन् । कितिपय अवस्थामा नीतिगत रुपमै यस्तो व्यवस्थालाई नियमन गरिए पनि व्यवहार लागु भएको पाइदैन ।
त्यस्तै कतिपय अधिकार प्रमुख कार्यकारी अधिकृतले शाखा प्रमुखहरुलाई प्रत्योजन गरेका हुन्छन् । उक्त प्रत्यायोजन गरिएका अधिकारको जानकारी समितिमा पेश गर्नु पर्ने भएको हो । नयाँ आएका कम्पनीहरुले भने शाखा प्रमुखहरुलाई खासै अधिकार प्रत्योजन गरिएको पाइदैन ।