काठमाडौं । आज दिनभरिमा २२३ वटा कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ४९ करोड ७६ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
ग्लोबल आइएमर्य बैंकको ४९ करोड ४४ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ३४ करोड ७८ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ३४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ३३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।