IME Life New

प्रभु क्यापिटलले ल्यायो समर डिम्याट योजना,निःशुल्क खाता र मेरो शेयरको सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ डिम्याट योजना समर डिम्याट योजना संचालनमा ल्याएको छ । क्यापिटलले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले यस योजना सर्वाजनिक गरेको हो ।

यस योजना क्याप्टिलले आज श्रावण १० गतेबाट सञ्चालनमा ल्याएको हो । यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निः शुल्क डिम्याट खाता र मेरो शेयर प्राप्त गर्न सक्नेछन् । यस योजना २०७८ श्रावण ३२ गते सम्म सञ्चालन हुने क्यापिटलले जानकारी दिएको छ ।

Esewa
Crest

साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नुहुनेछ ।

समर डिम्याट योजनाका विषेशता
डिम्याट एकाउन्ट र मेरो शेयर निःशुल्क
साथीभाई तथा घरपरिवारमा रिफर गरी १० वटा नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि थप डिम्याट खाता र मेरो शेयर निःशुल्क

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यस योजना अन्तर्गत डिम्याट खाता खोल्न सकिनेछ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS