काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कोषले प्रतिफल वितरण प्रयोजनका लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसैले बुक क्लोजको अघिल्लो दिन अर्थात साउन १२ गतेसम्मका कायम इकाइधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।
योजनाले आथिृक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि कोषले बुक क्लोजको मिति तय गरेको हो ।