IME Life New

गुराँस लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम २३ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको २०७८ असार २८ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीले न्युनतम प्रतिहजार २३ रुपैयाँदेखि ८१ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

Esewa
Crest

सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेख को हकमा कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १५ वर्ष अवधिको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५२ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७७ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १६ हजार ६ सय ३० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

बालबालिकाको सावाधिक जीवन बीमालेख
बालबालिकाको सावाधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५२ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १४ हजार ४ सय ७२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा पनि कम्पनीले न्युनतम ४६ रुपैयाँदेखि ८१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार ४६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ८१ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ७ हजार १ सय ७० वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक बीमालेख
अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा कम्पनीले न्युनतम ४१ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार ४१ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५१ रुपैयाँ र कम्पनीले २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार कुनै पनि रुपैयाँ बोनसदर कायम गरेको छैन् । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ८ हजार ६०७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४६ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

गुराँस सुरक्षित भविष्य जीवन बीमा
गुराँस सुरक्षित भविष्य जीवन बीमालेखको हकमा कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार २३ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २८ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रति हजार ३४ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनसर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ सय २० वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २८ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS