IME Life New

ग्लोबल आइएमई बैंकले ल्यायो आकर्षक ब्याजदरमा आवास कर्जा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक ब्याजदरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले ७.९९ प्रतिशत (प्रिमियमसहित) सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यस योजना ल्याएको हो ।

यस विशेष आवास कर्जा योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिनेछ ।

Esewa
Crest

बैंकले, कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS