IME Life New

आज बीमा समितिले सम्पुर्ण कम्पनीहरुको निरिक्षण गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आज सम्पुर्ण बीमा कम्पनीहरुमा निरिक्षण गर्ने भएको छ । समितिले तीन /तीन जनाको समुह बनाएर कम्पनीहरुमा निरिक्षण गर्न टालि पठाएको छ । गत आर्थिक वर्षमा कम्पनीहरुले गरेका काम कारबाहीलाई  स्थलगत अनुगमन गर्नका लागि समितिले समुह बनाएर कम्पनीमा निरिक्षण टोलि पठाएको हो । यसका लागि समितिले छुट्टै फरम्याट तयार पारेको छ ।  सोही अनुरुप निरिक्षणमा खटिएका टोलिलाई कम्पनीहरुको तथ्याङ्क  उपलब्ध गराउनु पर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा निरिक्षण टोलिले कम्पनीको अण्डर राइटिङ, दाबी, पुनर्बीमा, वित्तीय विवरण, सुशासन, समितिले जारी गरेका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्था, खरिद प्रक्रिया, सम्पत्तीको सदुपयोग, सम्पत्ती शुद्धिकरण, दर्ता भएका बीमालेखकहरु कति छन्, बीमा शुल्क कति हो,बीमा पोलिसी जारी गर्दा प्रयोग गरिएको सफ्टवयेर लगायतका सूचकहरुको अनुगमन गरिने समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी दिएका छन् ।

Crest

त्यसैगरी निरिक्षणमा कम्पनीहरु भित्रका विकृती के कस्ता छन् भन्ने थाहा पाउनका लागि पनि स्थलगत निरिक्षण गर्नु पर्ने समितिले जनाएको छ । साथै, निरिक्षणका क्रममा समितिले दिएको निर्देशन पालना भए नभएको चेक जाच गरिने  समितिले जनाएको छ ।

समितिले केहि दिन अगाडि सम्पुर्ण कम्पनीहरुलाई उधारो पोलिसी जारी नगर्न निर्देशन दिएको थियो । सोही अनुरुप काम भए नभए विषयलाई विशेष प्राथमिकताका साथ हेरिने समितिले जनाएको छ । आर्थिक वर्ष २०७७ /७८ मा जारी भएका पोलिसीहरुको विवरण, उधारोमा बीमा पोलिसी जारी भए नभएको, गत असार मसान्तसम्ममा कम्पनीले अभिकर्ता तथा बीमितलाई के  कति कर्जा उपलब्ध गराएको छ भनेर पनि हेर्ने छ ।

बीमा कम्पनीहरुले धेरै पोलिसी बिक्री भएको देखाउन उधारोमा पोलिसी जारी गर्ने, अभिकर्ताहरुलाई नै कर्जा उपलब्ध गराउनेसम्मका हर्कत हुने गरेका छन् । यि सबै विकृतिलाई बीमा समितिले यस वर्षदेखि नियन्त्रणमा ल्याउने प्रयास गरेको हो । हिजोका दिनमा भैइरहेका विकृतिलाई कम गर्न विभिन्न निर्देशन दिए पनि त्यसको कार्यान्वयनको पाटोलाई पनि हेर्न निरिक्षण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS