Connect IPS
IME Life

युनियन लाइफको आइपिओमा आवेदन दिने मध्ये ६९ हजार ९७६ हजारको आवेदन रद्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने मध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ । जस मध्ये दोहोरो आवदेन दिने ४ हजार ८०१ जनाको आवेदन रद्द भएको छ भने बैंकमा प्रयाप्त पैसा नभएका तथा अन्य कारणले ६५ हजार १७५ जनाको आवेदन रद्द भएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । जस मध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन् । सम्भव भएसम्म आजै बाँडफाँड गर्ने गरी तयारी गरिएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । आज आर्थिक वर्ष सकिने भएकाले पनि बाँडफाँड सम्पन्न गर्ने तयारीमा क्यापिटल जुटेको हो ।

Prabhu
Crest

सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिनेछ । र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । २१ लाख १२ हजार आवेदन मध्ये भाग्यसाली ५ लाख ८५ हजारले १०/१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS