Connect IPS
IME Life

सरकार परिवर्तनले लगानीकर्ता अलमलमा, एक अंकको सुधार हुँदा ५ अर्ब ६५ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकार परिवर्तन पछि लगानीकर्ता अलमलमा परेका छन् । नेपाली कांग्रेसको सरकार गठन भए पनि अर्थमन्त्रीमा माओवादीको तर्फबाट जनार्दन शर्मा नियुक्त भए सँगै लगानीकर्तामा केहि संका पैदा भएको छ ।

संकाकै आवरणमा नेप्से सूचक एक दशमलब ०१ प्रतिशतले सुधार भए पनि सेन्सेटिभ इन्डेक्स सून्य दशमलब १४ प्रतिशतले घटेको छ । सर्वोच्च अदालतले संसद विघटनलाई उल्टाएर शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरे सँगै मंगलबार नै देउवा प्रधामन्त्रीमा नियुक्त भएका छन् ।

Prabhu
Crest

अर्थमन्त्री प्रति अविस्वास पैदा हुँदा कारोबार खुलेको केहि समय घटेको नेप्से सूचक पुनः बाउन्स ब्याक भएर केहि समालिएको थियो । बुधबार होटल, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड र इन्भेष्टमेन्टको सूचकमा सुधार देखिएको छ भने बाँकी सूचक घटेका छन् ।

बुधबार २१४ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको मूल्य बढेको छ । कारोबार रकम ५ अर्ब ६५ करोड रुपैयाँमा सिमित भएको छ । सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका शेयरधनीले कमाएका छन् । कम्पनीको शेयर मूल्य ८.१० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै केहि म्युअल फण्डका इकाइधनीहरुले गुमाएका छन् । तर सर्वाधिक धेरै इकाइ कारोबार संख्यालाई हेर्ने हो भने पनि म्युचुअल फण्डकै अग्रता रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS