IME Life New

नेप्सेमा ३६ करोडको कारोबार हुदाँ ,अपर तामाकोसीको २३ करोड ४३ लाख कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको पहिले दिन नेप्से ८ दशमलव ६० अङ्कले घटेर ११७९ दशमलव १७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । दिउँसो नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्या आएपछि कारोबार रोकिएको थियो र केही समय पश्चात् पुर्न सुचारु भएको थियो ।


आइतबार केही ब्रोकरले लगइनमा समस्या भएको भन्दै नेप्सेमा जानकारी दिएपछि १५ मिनेटका लागि कारोबार रोकेर समस्या समाधान गरेको थियो।
टेडिङ होटल र फाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । टेडिङ क्षेत्रको परिसुचमा १ दशमलव १५ प्रतिशतको वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै अपर तामाकोसीको २३ करोड ४३ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै नेश्नल माईक्रोफाइनान्स वित्तिय संस्थनाको सेयरमा ६ दशमलव ०९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रस्टकोशेयर ६ दशमलव ३३ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ६६ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ४६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६ प्रतिशतले घटेर ६ हजार १ सय ३८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS