Connect IPS
IME Life

असार मसान्तमा चेकबाट भुक्तानी हुने  गरि पोलिसी  बिक्री गर्ने कि नगर्ने ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई चेक क्लियरिङ नभइ पोलिसी जारी नगर्न निर्देशन दिए सँगै असार मसान्तका दिनमा हुने क्लियरिङको समस्यालाई लिएर उनिहरुले यसका लागि केहि समय थप गर्न अनुरोध गरेका छन् ।

आर्थिक वर्षको अन्तिम सयममा अभिकर्ताले आफ्नो टार्गेट पुरा गर्न पोलिसी काट्ने गरेको पाइन्छ । बीमा समितिको नियम अनुसार एक लाख भन्दा माथिको प्रिमियम भुक्तानी गर्दा चेक अनिवार्य गरेको छ । साथै उक्त चेक सोहि दिन क्लियरिङ हुनु पर्ने वाध्यात्मक व्यवस्था पनि छ । यहि अवधिमा बैंकमा चेक क्लियरिङ तथा क्लोजिङका कारण सम्पुर्ण चेक क्लियरिङ हुने अवस्था रहदैन । समितिले सोहि दिनमा चेक क्लियरिङ भएको छैन भने सो चेकलाई मान्य नहुने भनेकाले अहिले कम्पनीहरु तनावमा छन् । यदि यस्तै अवस्था रहिरह्यो भने उक्त दिन चेकबाट हुने भुक्तानीको पोलिसी नै लिन नपाउने अवस्था सिर्जना हुने एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । उनले भने ‘असार मसान्तमा चेकबाट हुने गरि पोलिसी लिने कि नलिने ?’

Prabhu
Crest

उक्त दिन पोलिसी काट्यो भने समितिले मान्दैन । मानेन भने पोलिसी बिक्री हुँदैन । बीमा कम्पनीहरुका लागि जति धेरै पोलिसी जारी भयो त्यहि अनुपातमा राम्रो हुन्छ । यस्तो अव्यवहारिक अवस्थालाई बीमा समितिले सहजिकरण गरिदिनु पर्ने उनिहरुको माग छ । सोहि दिनमा चेक क्लियरिङ भएन भने पनि भोलि पल्ट वा पर्सिपल्टका दिनमा क्लियरिङ हुने गरि उक्त पोलिसी जारी हुन दिनु पर्ने उनिहरुको माग छ ।

अहिलेको व्यवस्थालाई सरलिकृत गर्नका लागि पनि समय थप गर्नु पर्ने उनिहरु बताउछन् । असार महिनामा बीमा कम्पनीहरुले जति विजनेस ल्याउन सक्छन् त्यसैले कम्पनीको बृद्धिदरलाई निर्धारण गर्छ । यस दिनमा कतिपय अभिकर्ताले गर्ने बदमासीलाई नियन्त्रण गर्ने उद्देश्यले यस्तो नीति ल्याउदा कतिपय अभिकर्ता तथा बीमित नै मर्कामा पर्ने कम्पनीहरु बताउछन् ।

नियामकले सबै कुरालाई कडाई मात्रै गर्न खोज्दा समस्या शिर्जना भएको उनिहरुको गुनासो छ । नेपालमा बीमा कम्पनीका कर्मचारी तथा अभिकर्ताहरु ११ महिनामा खासै सक्रिय हुँदैनन् तर अन्तिम एक महिनामा भने उनिहरु जागेका हुन्छन् । यसैले कम्पनीको व्यवसाय कति बृद्धि भयो कति घट्यो भनेर मूल्याङ्कन हुन्छ । त्यसैले गर्दा यस्ता विषयलाई केहि सहजिकरण गरिदिएर व्यवसाय विस्तार गर्ने प्रकृयाँलाई सहजिकरण गरिदिन उनिहरुले माग गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS