काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव ९८ प्रतिशतले घटेर २,८५४ दशमलव ८४ अंकको विन्दुमा कायम भएको छ । आज १० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २२९ वटा कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै निर्धन उत्थान लुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ३४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयरको २९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको २६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । केबिएलका डिबेञ्चर इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । एनबीबीएलका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।
यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव २८ प्रतिशतका दरले गुमाएका छन् । ओरिएण्टल होटल्सका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले गुमाएका छन् ।