काठमाडौं । आर्थिक वर्ष २०७७ /७८ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले झण्डै ७८ लाख बीमालेख जारी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा १९ जीवन बीमा कम्पनीहरुले ७७ लाख ८० हजार ४७ वटा बीमालेख जारी गरी १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
समितिको तथ्याङक अनुसार बैशाख महिनाको तुलनामा कम्पनीहरुले ९४ हजार ४७० वटा बीमालेख बढी विक्री गरेको हुन् । बैशाख महिनासम्म कम्पनीहरुले ७६ लाख ८५ हजार ५७७ वटा बीमालेख जारी गरेको थिए । आर्थिक वर्ष २०७७ /७८ को जेठ महिनामा मात्रै १९ वटा जीवन बीमा कम्पनीहरुले ५ लाख ३८ हजार २ सय ६४ वटा बीमालेख जारी गरेका छन् ।
समितिको तथ्याङक अनुसार जेठ मसान्तसम्ममा सबैभन्दा धेरै बीमालेख रिलायबल नेपाल लाइफले जारी गरेको छ । कम्पनीले यस अवधिसम्ममा १५ लाख ३३ हजार १ सय २२ वटा बीमा लेख जारी गरेको छ । कम्पनीले जेठ महिनामा मात्रै १ लाख १३ हजार १४८ वटा बीमालेख जारी गरेको छ ।
दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १३ लाख ४० हजार ११७ वटा बीमालेख जारी गरेको छ भने जेठ महिनामा मात्रै कम्पनीले २ हजार ४२१ वटा बीमालेख जारी गरेको छ ।
तेस्रोमा मेट लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा ११ लाख ७० हजार ८७९ वटा बीमालेख जारी गरेको छ भने कम्पनीले जेठ महिनामा मात्रै ३ लाख ९७ हजार ३८३ वटा बीमालेख जारी गरेको छ ।
चौथोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्ममा ७ लाख ३९ हजार ३९६ वटा बीमालेख जारी गरेको छ भने जेठ महिनामा मात्र कम्पनीले ८४ वटा बीमालेख जारी गरेको छ ।
त्यस्तै, समितिको तथ्याङक अनुसार एलआइसी नेपालले ७ लाख २० हजार ५४ वटा बीमालेख जारी गरेको छ भने जेठ महिनामा मात्रै १७ सय ९९ वटा बीमालेख जारी गरेको छ । नेशनल लाइफले ४ लाख ७२ हजार ५४४ वटा बीमालेख जारी गरेको छ भने जेठ महिनामा कम्पनीले ८ सय वटा बीमालेख जारी गरेको छ ।
सूर्या लाइफले ३ लाख ३८ हजार ८८१ वटा बीमालेख जारी गरेको छ भने कम्पनीले जेठ महिनामा मात्रै ५ हजार ८ सय ९७ वटा बीमालेख जारी गरेको छ । एशियन लाइफले जेठ मसान्तसम्ममा ३ लाख २३ हजार ८७७ वटा बीमालेख जारी गरेको छ भने कम्पनीले जेठ महिनामा मात्रै १४ सय ३३ वटा बीमालेख जारी गरेको छ ।
लाखमा बीमालेख जारी गर्ने कम्पनीहरु
समितिको तथ्याङक अनुसार प्राइम लाइफले १ लाख ७८ हजार ८६८ वटा बीमालेख जारी गरेको छ भने कम्पनीले जेठ महिनामा ३ सय ८३ वटा बीमालेख जारी गरेको छ । गुराँस लाइफले १ लाख ७६ हजार ६३४ वटा बीमालेख जारी गरेको छ भने जेठ महिनामा मात्रै ८८ वटा बीमालेख जारी गरेको छ । यूनियन लाइफले १ लाख ७५ हजार २२३ वटा बीमालेख जारी गरेको भने जेठ महिनामा १२ सय ३३ वटा बीमालेख जारी गरेको छ ।
त्यस्तै, आइएमई लाइफले १ लाख ४४ हजार २०५ वटा बीमालेख जारी गरेको छ भने जेठ महिनामा मात्रै २५ सय ४० वटा बीमालेख जारी गरेको छ । सिटिजन लाइफले १ लाख ४१ हजार ४९ वटा बीमालेख जारी गरेको छ भने जेठ महिनामा मात्रै १४ सय ९२ वटा बीमालेख जारी गरेको छ । प्रभु लाइफले १ लाख १३ हजार ८७२ वटा बीमालेख जारी गरेको छ भने जेठ महिनामा मात्रै ५ हजार ६ सय १६ वटा बीमालेख जारी गरेको छ ।
हजारमा बीमालेख जारी गरेका कम्पनीहरु
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ज्योति लाइफले ६८ हजार ५५९ वटा बीमालेख जारी गरेको छ भने कम्पनीले जेठ महिनामा २२ सय १५ वटा बीमालेख जारी गरेको छ । सन नेपाल लाइफले जेठ महिनामा ४३२ वटा बीमालेख जारी गरेको छ भने जेठ मसान्तसम्ममा ५१ हजार १७२ वटा बीमालेख जारी गरेको छ ।
त्यस्तै, रिलायन्स लाइफले जेठ मसान्तसम्ममा ३६ हजार ५६५ वटा बीमालेख जारी गरेको छ भने कम्पनीले जेठ महिनमा मात्रै ८ सय २२ वटा बीमालेख जारी गरेको छ । सानिमा लाइफले ३३ हजार २८० वटा बीमालेख जारी गरेको छ भने कम्पनीले जेठ महिनमा २१७ वटा बीमालेख जारी गरेको छ । महालक्ष्मी लाइफले जेठ मसान्तसम्ममा २१ हजार ७५० वटा बीमालेख जारी गरेको छ भने कम्पनीले जेठ महिनामा मात्रै २६१ वटा बीमालेख जारी गरेको छ ।