IME Life New

यूनियन लाइफ इन्स्योरेन्सले आईपीओबाट उठाउने ६४ करोड ५० लाख रुपैयाँ कहाँ लगानी गर्दैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असार २४ गते देखि यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी रु. २,१५,००,००,००० मध्ये ३० प्रतिशत अथार्त रु. ६४,५०,००,००० रकम बराबर प्रति शेयर रु.१०० अङ्कित दरका ६४,५०,००० कित्ता शेयरमध्ये ३,२२,५०० कित्ता शेयर (५%) कर्मचारीहरुलाइ सुरक्षित गरिएको र ३,२२,५०० कित्ता शेयर (५%) सामुहिक लगानी कोषकोलागि छुटयाइएको र बाँकी ५८,०५,००० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको र ६४ करोड ५० लाख बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड हुन्छ ।

Esewa
Crest

कम्पनीको आह्वान–पत्र अनुसार कम्पनीले उठाउने ६४ करोड ५० लाखलाई सबै भन्दा धेरै वाणिज्य बैंकको मुद्दती निक्षेपमा राख्ने छ। कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशत राख्ने छ।

त्यस्तै नेपाल सरकारको ऋणपत्र/विकास ऋणपत्रमा २५ प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा १५ प्रतिशत, वित्त कम्पनीको मुद्दती निक्षेपमा १० प्रतिशत र पब्लिक लिमिटेड कम्पनीको शेयरमा १० प्रतिशत लगानी गर्ने छ ।र यो पनि :

असार २४ गते देखि निष्काशन हुने यूनियन लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS