IME Life New

असार २४ गते देखि निष्काशन हुने यूनियन लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असार २४ गते देखि यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी रु. २,१५,००,००,००० मध्ये ३० प्रतिशत अथार्त रु. ६४,५०,००,००० रकम बराबर प्रति शेयर रु.१०० अङ्कित दरका ६४,५०,००० कित्ता शेयरमध्ये ३,२२,५०० कित्ता शेयर (५%) कर्मचारीहरुलाइ सुरक्षित गरिएको र ३,२२,५०० कित्ता शेयर (५%) सामुहिक लगानी कोषकोलागि छुटयाइएको र बाँकी ५८,०५,००० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

Esewa
Crest

पछिल्लो समय स्थापना भएका दश नयाँ जीवन बीमा कम्पनी मध्ये यूनियन लाइफले आक्रामक रुपमा व्यापार गर्दै आएको छ। बीमा शुल्क आर्जनमा पुराना जीवन बीमा कम्पनीलाई पनि टक्कर दिंदै आएको छ ।

आईपीओमा आवेदन दिने समय :
आईपीओ असार २४ गते देखि असार २८ गते सम्म खुल्ने छ । असार २८ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असार २८ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ७ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ३२,२५० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
रजिष्टर्ड कार्यालय: सिद्धार्थनगर नगरपालिका वडा नं ८, रुपन्देही
कर्पोरेट कार्यालय : नयाँबानेश्वर १०, काठमाण्डौं

कम्पनीको ईतिहास :
यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम दर्ता भई मिति २०७४/०६/३१ मा कारोबार स्वीकृति प्राप्त गरी बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने बीमकको ईजाजत पत्र मिति २०७४/०३/२० मा प्राप्त गरी मिति २०७४/०६/०४ गते देखि बीमा व्यावसाय गर्दै आईरहेको छ । यस कम्पनीमा देशका प्रतिष्ठित उद्योगपति, ब्यापारी, ब्यावसायी, समाजसेवीहरुको लगानी रहेको छ ।

पूँजीको अवस्था :
अधिकृत पुँजी : २ अर्ब १५ करोड
जारी पुँजी : २ अर्ब १५ करोड
चुक्ता पुँजी : १ अर्ब ५० करोड ५० लाख ( आईपीओ अघि )
चुक्ता पुँजी : २ अर्ब १५ करोड ( आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको र ६४ करोड ५० लाख बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

संचालकको जानकारी :
कम्पनीको अध्यक्षमा शुलभ अग्रवाल रहेका छन् । त्यस्तै संचालक समिति सदस्यमा सिमा गोल्छा, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल र देवी प्रसाद शर्मा रहेका छन्।

व्यवस्थापक :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण छन् । कर्णको बीमा क्षेत्रमा २० बर्ष भन्दा बढि अवधी कार्यरत रहनुभएको र निर्जिवन तथा जीवन बीमा कम्पनीको उच्च ब्यवस्थापन तहमा रहेर कार्यरत रहनुभएको अनुभव रहेको छ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ २१ पैसा रहेको छ भने किताबी मूल्य ११५ रुपैयाँ १३ पैसा छ । आ.व. ७६/७७ को आषाढ मसान्तसम्मको अपरिष्कृत तर व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा र किताबी मूल्य १४८ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी ४ रुपैयाँ १७ पैसा र किताबी मूल्य १३७ रुपैयाँ हुन्छ । आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी ६ रुपैयाँ २३ पैसा र किताबी मूल्य १४३ रुपैयाँ र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा र किताबी मूल्य १५२ रुपैयाँ हुने कम्पनीले प्रक्षेपण गरेको छ ।

क्रेडिट रेटिङ्ग :
यस संस्थालाइ ईक्रा नेपाल लिमिटेड, डिल्लीबजार, काठमाडौंले [ICRANP-IR] BBB रेटिङ्ग प्रदान गरेकोछ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

आईपीओबाट उठेको पैसा केमा उपयोग गर्दै छ ?

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध :
प्रभु क्यापिटल, कमलादी

प्रत्याभूति गर्ने सस्थाको नाम :
नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले यस आईपीओको शत प्रतिशत निष्काशन प्रत्याभूति गरेको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम बीमा ऐन, २०४९, बीमा नियमावली, २०४९ तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीको मुख्य उद्देश्यहरु देहाय बमोजिम व्यवस्था गरिएको छ :
(क) नेपालको बीमा ऐन र बीमा नियामवलीको अधिनमा रही जीवन बीमा व्यवसाय संचालन गर्ने र देशको आर्थिक विकासमा सहयोग पु¥याउने ।
(ख) आजीवन जीवन बीमा, सावधिक जीवन बीमा, अन्युटी र म्यादी जीवन बिमा र समय समयमा ल्याईने नयाँ बीमालेख सम्बन्धी कार्यहरु गर्ने गराउने ।
(ग) प्रत्यक किसिमको जीवन तथा दुर्घटना सम्बन्धमा व्यक्ति विशेषमा ज्यानमा खतरा वा शरीरको कुनै विशेष भागमा भएमा वा हुने हानी नोक्सानी शारिरिक वा मानसिक आघातका सम्बन्धमा बीमा गर्ने गराउने ।
(घ) कुनै कम्पनी वा कम्पनीको कामदारको सम्बन्धमा कुनै कारबाहीमा हानी नोक्सानी, कामदारलाई हुने दुर्घटना, कुनै कानून अन्तगर्त गर्नु पर्ने क्षतिपूर्ति, शारिरिक वा जीवनकै क्षति, हुलंदगांबाट हुने खतरा समेतको लागि बीमा गर्ने, गराउने ।
(ङ) बीमा सम्झौता गरे वापत प्राप्त भएको रकम बीमा ऐन अनुसार लगानी गर्ने, असुली गर्ने ।
(च) विभिन्न कम्पनीहरुको संस्थापक भई वा नभई शेयरमा लगानी गर्ने गराउने ।
(छ) सम्पत्तीको संरक्षणको लागि तथा वीमित व्यक्तिहरुको हित र सुविधाको लागि विभिन्न बीमा कम्पनीहरुको पूनर्बीमा स्विकार गर्ने तथा पुनर्बीमा गराउने ।
(ज) स्वीकृती लिनुपर्नेमा स्वीकृती लिई स्वदेशी तथा विदेशी बीमा कम्पनीहरुसँग मिली वा छुट्टाछुट्टै किसिमको बीमा व्यावसाय गर्ने गराउने ।
(झ) शेयरपुँजी, बीमा शुल्क, व्याज र अन्य आय वापत प्राप्त रकमहरु उचित प्रतिफल पाउने गरी विभिन्न चल तथा अचल सम्पत्तिमा लगानी गर्ने, लगानी बिक्री
गर्ने र सो सम्बन्धी कार्य गर्ने गरी म्युचुवल फन्ड, हाईड्रोपावर, राष्ट्रिय महत्वको क्षेत्र तथा सहायक कम्पनी स्थापना गर्ने वा अन्यले स्थापना गर्ने कम्पनीमा सहभागी रहने ।
(ञ) बीमा, पूनर्बीमा व्यावसायको लागि स्वदेशी तथा विदेशी बीमा कम्पनीहरुको प्रतिनिधी (अभिकर्ता) ब्रोकर (दलाल) भई काम गर्ने, गराउने ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS