IME Life New

उधारो बीमा पोलिसी बिक्री नगर्न सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई उधारो पोलिसी जारी नगर्न निर्देशन दिएको छ । उधारो बीमा गर्ने वा चेक मार्फत प्राप्त हुने बीमाशुल्क बापतको रकम बीमकको बैंक खातामा प्राप्त नभैकन बीमालेख जारी गर्ने जस्ता गतिविधि बीमकहरुबाट भइरहेको भन्ने उजुरी र गुनासाहरु प्राप्त भइरहेको भन्दै यस्तो कार्य नगर्न समितिले सम्पुर्ण जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई परिपत्र गरेको हो ।

बीमा ऐन २०४९ तथा बीमा नियमावली २०४९ का प्रावधान अनसार ‘कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा बापतको शुल्क रकम प्रपात नभएसम्म बीम जोखिम स्वीकार गर्नु हुदैन । बीमकले जोखिम ग्रहण गरे बापत बीमा शुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने छ’ भनिएको छ । यदि कुनै कम्पनीले यसरी पोलिसी जारी गरेको खण्डमा गैर कानुनी मानिने भएकाले यस्तो कार्य नगर्न प्रमुख कार्यकारी अधिकृतहरुलाई ध्यानकार्ण गरिएको समितिका कार्यकारी निर्देशक राजुमरण पौडेलले जानकारी दिए ।

Esewa
Crest

कानुन विपरितका त्यस्ता गतिविधिहरु हुन नदिने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतहरुको भएको हुँदा यसतर्फ चनाखो हुन र कानूनले निर्धारण गरिदिएको व्यवस्था पालना गर्न र गराउन ध्यानाकर्षण गरिएको छ । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षको अन्तिममा धेरै बीमा शुल्क आर्जन भएको देखाउन उधारोमा पोलिसी जारी गर्ने गरेका छन् ।

आर्थिक वर्ष सकिन लागेकोले अव बीमा समितिले सम्पुर्ण कम्पनीहरुको गतिविधिलाई नजिकबाट निगरानी गर्ने अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । यसका लागि समितिले नियमित जसो कम्पनीहरुको निरिक्षणमा निस्किने तयारी गरेको छ । आर्थिक वर्ष सकिन अव १० दिन मात्रै बाँकी छ । यस अवधिमा करौडौ रुपैयाँको पोलिसी जारी हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS