Connect IPS
IME Life

मौद्रिक नीतिमा बैंकासुरेन्सको सेवा पुन: समावेश गर्न बैंकर्स संघको सुझाव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा पुनः बैंकासुरेन्सको सेवा समावेश गर्न सुझाव दिएको छ । संघले नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गर्ने क्रममा बीमाको दायरा बढाउनका लागि व्यवस्थित रुपमा बैंकासुरेन्सको व्यवस्थाका लागि माग गरेको हो ।

सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्न सुझाव दिएको हो ।

Prabhu
Crest

बैंकहरुले बैंकासुरेन्स सेवा प्रदान गर्दा मुलुकको ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा दुर–दराजमा समेत सेवा पाउने र यसले बीमाको दायरा बढाउन मद्दत गर्ने संघको धारणा छ ।

बैंकहरुले आफ्ना ऋणीलाई जवजस्ती बीमा पोलिसी बिक्री गर्न थाले पछि गएको वर्ष बैंकासुरेन्स बन्द गरेको थियो । बीमा समितिले बैंकहरुलाई पोलिसी बिक्री गर्न पाउने बाटो खोलिदिए पनि बैंकहरुले यसको दुरुपयोग गरेको भन्दै बन्द गरिदिएको हो । तर संघले यसलाई थप व्यवस्थित गरिदिन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS