Connect IPS
IME Life

बीमा कम्पनीहरुले सामाजिक सुरक्षा कोषको कार्यविधि संसोधन नभए साउनदेखि निरन्तरता नदिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरु तत्कालका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध भए पनि विद्यमान ऐन, कानुन र कार्यविधि संसोधन नभएका खण्डमा उनिहरुले साउनदेखि कोषलाई निरन्तरता नदिने भएका छन् । कोषले बाध्यात्मक रुपमा बैंक तथा बीमा कम्पनीहरुलाई आवद्ध हुन निर्देशन दिए पछि उनिहरु लगातार संघर्षमा छन् । योगदानकर्ताले बैंशाख महिनाको रकम जम्मा गरे जेठ र असारको रकम कोषले नै जम्मा गरिदिने भए पछि प्राय सबै बीमा कम्पनीहरु अहिले कोषमा आवद्ध भएका छन् । कोषमा आवद्ध भए पनि कोषमा देखिएका विभेद तथा असुविधालाई लिएर उनिहरुले लगातार विरोध गर्दै आएका छन् ।

नेपाल सरकारले २०७५ मंसिर ११ गते औपचारिक, अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक र सामाजिक जोखिम न्यूनिकरण गर्ने उद्देश्य राखी श्रमिकहरुको लागि “नयाँ युगको शुरुवात” भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको थियो । यस योजनाको परिकल्पना अनुसार वर्तमान अवस्थामा सर्वप्रथम सामाजिक सुरक्षाको न्यूनतम सुविधाबाट बञ्चित लाखौं श्रमिक, कामदार/कर्मचारीहरुलाई समेटिनु पर्छ भन्ने कुरामा कसैको विमती नरहेको कर्मचारीहरुको भनाइ छ ।

Prabhu
Crest

तर विडम्बना विगतदेखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाईरहेका कर्मचारीले सामाजिक सुरक्षामा आवद्ध भई सक्दा समेत सामाजिक सुरक्षा कोषले ऐन संसोधन गरी कर्मचारीको सेवा सुविधा नघटने तर्फ ध्यान नदिइएकोले अव उपरान्त सो योगदानलाई निरन्तरता गर्न नसकिने अवस्था सिर्जना भएको प्राइम लाइफका कर्मचारी युनियनका प्रमुख हरि बहादुर खड्का बताउछन् ।

अन्य संस्थाहरुलाई क्षतिपूर्ति दिन निर्देशन दिने तर स्वयम्ले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका संस्थालाइ क्षतिपुर्ति नदिएकोले सामाजिक सुरक्षा कोषमा निरन्तरता गर्न नसकिने अवस्था  सिर्जना भएको उनको राय छ । सुर्य लाइफ इन्स्योरेसका कर्मचारी दुर्घटना भएर उपचार भइ रहेको तर कोषले अहिलेसम्म पनि क्षतिपुर्ति  नदिएको कर्मचारीको गुनासो छ ।

सोल्टी होटल सामाजिक सुरक्षा कोष मा आवद्ध भएको तर त्याहाँका कर्मचारीको मृत्यु हुदाँ समेत क्षतिपुर्ति नदिएको जस्ता घटणाले सामाजिक सुरक्षा कोष प्रति थप अबिश्वासको बाताबरण पैदा भएको उनिहरुको भनाई छ ।

कम्पनीमा भएका व्यवस्थाहरु र सामाजिक सुरक्षा कोषको व्यवस्थाहरु

क्र.स कर्मचारीहरुले हाल पाएको सुविधा सामाजिक सुरक्षा कोषको कार्यविधिमा भएको व्यवस्था
कम्पनीले रु. २२००/- भुक्तानी गर्दा परिवारको ४ जनाको स्वास्थ्य बीमा हुने र नेपालको जुनकुकै अस्पतालमा उपचार गराउन सकिने सो बापत अधिकतम रु १ लाख सम्म खर्चको सोधभर्ना पाउने व्यवस्था रहेको. तर, कोषमा रु ६०००/- भुक्तानी गर्दा सम्बन्धित कर्मचारीको मात्र स्वास्थ्य बीमा हुने तथा कोषले तोकेको अस्पतालमा मात्र उपचार गराउनु पर्ने साथै सोबापत अधिकतम रु ८०  हजार सम्म मात्र पाउने व्यवस्था रहेको ।
संचयकोष, उपदान तथा थप योगदान वापत जम्मा भएको सम्पूर्ण रकममा ९०% सम्म ऋण पाइने । सामाजिक सुरक्षा कोषवाट कर्जा लिनको लागि ३ वर्ष योगदान गरेको हुनुपर्ने र उपदान (८.३३%) को ८०% मात्र कर्जा दिने व्यवस्था रहेको ।
कर्मचारीको पति÷पत्नी बैकल्पिक रोजगारीमा रहेको अवस्थामा समेत योगदान गरेको सम्पूर्ण रकम तथा त्यसको प्रतिफल समेत निजको हकवालाले प्राप्त गरिरहेको । कार्यविधिको दफा २४(ग) अनुसार योगदानकर्ताले  निवृत्तिभरण प्राप्त गर्न शुरु गरे पछि १८० महिना निवृत्तिभरण नपाउँदै निजको मृत्यु भएमा निजको पति÷पत्नीको बैकल्पिक रोजगारी भएमा केही पनि नपाउने व्यवस्था रहेको ।
संस्थामा उपदान बापत कर्मचारीको प्रतिवर्ष  २ महिना सम्मको तलब पाउने ब्यवस्था रहेको । तर, कोषको दफा १९ को ब्यवस्था अनुसार उपदान वापत रोजगारदाताले  प्रति महिना तलबको ८.३३% भन्दा बढि दिन सक्ने स्पष्ट नभएकोले लामो सेवा अवधी भएका कर्मचारीहरु हालको  कर्मचारी विनियमावलीमा तोकिएको थप सुविधाबाट बञ्चित हुनसक्ने भएको  ।
कर्मचारीको उमेर ६० वर्ष नपुगी अवकाश भएमा वा जुनसुकै कारणले रोजगारीको अन्त्य भएमा त्यही बखत नै संचयकोष तथा उपदान वापत जम्मा भएको सम्पूर्ण रकम तथा सोको प्रतिफल समेत एकमुष्ट फिर्ता पाईरहेको । तर, २०७८ साल श्रावण १ गते वा सो पछि योगदान गर्ने कर्मचारीको हकमा कर्मचारीको २०% निवृत्तिभरण योजनामा गरेको योगदानको रकमलाई योगदानकर्ता ६० वर्ष पुरा भएपछि १६० महिनाले भाग गरि आउने रकमलाई प्रतिमहिना निजलाई निवृत्तिभरण वापत प्रदान गरिने  र उपदान वापतको ८.३३% मात्रै एकमुष्ट फिर्ता पाउने व्यवस्था रहेको ।
पेन्सनमा जाने कर्मचारीहरुको निजले योगदान गरेको रकमको व्याजमात्र  पेन्सन बापत फिर्ता हुने सावा रकम फिर्ता नहुने अवस्था देखिएको ।
जम्मा गरिएको अवकाश रकममा अवकाश कोषहरुले बजारमा प्रचलित ब्याजदर अनुसारको प्रतिफलको निश्चितता गरेको । कोषले प्रतिफलमा प्रदान गर्ने व्याजदर स्पष्ट नगरेको ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS