IME Life New

आजदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ विक्री खुला,कति कित्ता आवेदन दिँदा ठिक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको आफ्नो जारी पूँजी रु १२,११,५०,००० (बाह्र करोड एघार लाख पचास हजार) मध्ये ३२ दशमलव ११ प्रतिशतले हुन आउने रु. ३,८९,००,००० रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका ३,८९,००० कित्ता शेयर मध्ये ६,०५८ कित्ता अर्थात जारी पूँजीको ० दशमलव ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र १९,४५० कित्ता अर्थात कूल निष्काशनको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ३,६३,४९२ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्दैछ ।

उक्त आईपीओमा सर्वासाधारण लगानीकर्ताले ३ लाख ६३ हजार ४९२ कित्तामा आवेदन दिन सक्ने छन् । यसको अर्थ दश कित्ता नियम अनुसार ३६ हजार ३४९ लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् भने दुई जनाले १ कित्ता थप प्राप्त गर्ने छन् । अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २० लाखले आवेदन दिने अनुमान सजिलै गर्न सकिन्छ त्यसैले मनकामना स्मार्ट लघुवित्तकोआईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ।

Esewa
Crest

आईपीओ असार १७ गते देखि असार २१ गते सम्म खुल्ने छ । असार २१ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असार २१ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असार ३१ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS