IME Life New

असार १७ गते देखि आउने मनकामना स्मार्ट लघुवित्तको आईपीओको बारे सम्पूर्ण जानकारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो जारी पूँजी रु १२,११,५०,००० (बाह्र करोड एघार लाख पचास हजार) मध्ये ३२ दशमलव ११ प्रतिशतले हुन आउने रु. ३,८९,००,००० रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका ३,८९,००० कित्ता शेयर मध्ये ६,०५८ कित्ता अर्थात जारी पूँजीको ० दशमलव ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र १९,४५० कित्ता अर्थात कूल निष्काशनको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ३,६३,४९२ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्दै छ ।

Crest

आवेदन दिने समय :
आईपीओ असार १७ गते देखि असार २१ गते सम्म खुल्ने छ । असार २१ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असार २१ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असार ३१ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

प्रधान कार्यालय :
यस वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको छ ।

कम्पनीको ईतिहास :
यस वित्तीय संस्था (साविकको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड) कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७४/०६/२५ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७४/१०/०२ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी दश जिल्ला कार्य क्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको रुपमा यस संस्थाले लघुवित्त सम्बन्धी बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ । साविकको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौंथो संशोधन, २०७५) बमोजिम साविकको स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मिति २०७७/०४/११ देखि गाभेर ‘घ’ वर्गको (प्रादेशिकस्तर) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोवार संचालन गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७८ को उपदफा (२) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ३४ ले दिएको अधिकार प्रयोग गरी इजाजतपत्र प्रदान गरिएको हो।

कम्पनीको शाखा संजाल :
हाल यस कम्पनीको १२ जिल्लामा रहेका ३७ वटा शाखा कार्यालय मार्फत सेवा दिदै आएको छ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : रु २०,००,००,००० (बीस करोड )
जारी पुँजी : रु.१२,११,५०,००० (बाह्र करोड एघार लाख पचास हजार )
चुक्ता पुँजी ( आईपीओ अघि ) :रु ८,२२,५०,००० (आठ करोड बाइस लाख पचास हजार)
चुक्ता पुँजी ( आईपीओ पछि ) : रु.१२,११,५०,००० (बाह्र करोड एघार लाख पचास हजार )

हाल कम्पनीको चुक्ता पुँजी ८ करोड २२ लाख ५० हजार रहेको र ३ करोड ८९ लाख बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ६७ दशमलव ८९ प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३२ दशमलव १९ प्रतिशत हुने छ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७६/७७ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ८५ पैसा छ भने किताबी मूल्य ११० रुपैयाँ दशमलव ८४ पैसा छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी २६ रुपैयाँ र किताबी मूल्य १३२ रुपैयाँ हुन्छ। आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी ५३ रुपैयाँ र किताबी मूल्य १८६ रुपैयाँ र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी ८५ रुपैयाँ र किताबी मूल्य २७२ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ।

क्रेडिट रेटिङ्ग
स्वीकृत विवरणपत्र अनुसार सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाडौंबाट क्रेडिट रेटिङ्ग गराई “यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मिति २०७७÷११÷१२ मा “समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने [ICRANP -IR] BB- Prounced as ICRANP Issuer Rating Double B Minus ] प्रदान गरेको छ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८÷११÷११ सम्म रहनेछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितीलाई जनाउँदछ । यसको अर्थ[ICRANP -IR] BB-को स्थिती [ICRANP -IR] BB भन्दा एक चिन्ह तल रहन्छ ।

धितोपत्र निष्काशनबाट प्राप्त पूँजीको उपयोग
निष्काशनबाट प्राप्त हुने कुल रकम तल उल्लेखित विभिन्न क्षेत्रहरुमा प्रयोग हुनेछ :

नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS