काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई इक्रा नेपालले आईआर बीबी रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको मानिने छ ।
संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड २६ लाख बराबरको १ लाख २६ हजार कित्ता आईपीओ निष्काशन गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।