काठमाडौं । ग्रिनप्लाई नेपाल कम्पनीले विशेष साधारण सभा डाकेको छ । सभा साउन २२ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालय बुढीगंगा गाउँपालिका ५ मोरङमा विहान ११ बजे गर्ने भएको हो । कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभाले जारी पूँजीको २० प्रतिशतले हुन आने १६ लाख ४० हजार कित्ता प्राथमिक शेयर( आइपीओ) जारी गर्ने, जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने, अख्तियारीका सम्बन्धमा लगायतका विशेष प्रस्ताव पारित गर्नेछ ।












