IME Life New

१९ कम्पनीद्वारा ११ महिनामा ६६ अर्ब ५८ करोड नविकरण बीमाशुल्क संकलन, कसको कति ? (सूचिसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुले साढे ६६ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६६ अर्ब ५८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । बैंशाख महिनासम्ममा यी कम्पनीहरुले ६४ अर्ब ३४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको थिए ।

त्यसैगरी १९ जीवन बीमा कम्पनीहरुले जेठ एक महिनामा मात्रै २ अर्ब २१ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छन्तत भने बैंशाख महिनामा कम्पनीहरुको ३ अर्ब ४३ करोड नविकरण बीमा शुल्क आर्जन गरेको थिए । बैंशाख महिनाको तुलनामा कम्पनीहरुको जेठ महिनामा नविकरण बीमा शुल्क घटेको हो ।

Crest

समितिको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २० अर्ब ५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको हो ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी नेपाल) रहेको छ । कम्पनीले ११ महिनाको अवधिसम्ममा ११ अर्ब ५२ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, तेस्रोमा राष्ट्रिय बीमा संस्थान कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्म्मा ६ अर्ब ५७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने नेशनल लाइफ इन्स्ययोरेन्स कम्पनीले पनि ६ अर्ब ३६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, एशियन लाइफले ३ अर्ब २६ करोड, मेट लाइफले ३ अर्ब २१ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब २ करोड, प्राइम लाइफले २ अर्ब २० करोड, सूर्या लाइफले १ अर्ब ९० करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ७२ करोड, सिटिजन लाइफले १ अर्ब २० करोड रुपैयाँ र आइएमई लायफले १ अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

अर्बभन्दा कम नविकरण बीमा शुल्क आर्जन गर्ने कम्पनी
चालु आर्थिक वर्षको ११ महिनामा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ९८ करोड रुपैयाँ, रिलायन्स लाइफले ८८ करोड, सन नेपाल लाइफले ७९ करोड, रिलायबल नेपाल लाइफले ६६ करोड,सानिमा लाइफले ५६ करोड, प्रभु लाइफले ४६ करोड र महालक्ष्मी लाइफले २४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
जेठ महिनामा कुन कम्पनीको नविकरण बीमा शुल्क कति ?
आर्थिक वर्ष २०७७/ ७८ को जेठ महिनामा सबैभन्दा धेरै नविकरण बीमा शुल्क आर्जन गर्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीले जेठ महिनामा मात्रै २७ करोड रुर्पैयाँ नविकारण बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी हरेको छ । कम्पनीले जेठ महिनामा मात्रै २३ करोड रुपैयाँ नविकारण बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले २१ करोड रुपैयाँ नविकारण बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले १३ करोड, सूर्या लाइफले १२ करोड, एशियन लाइफले जेठ महिनामा १ करोड रुपैयाँ मात्र नविकारण बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफ र सिटिजन लाइफले ९ /९ करोड रुपैयाँ नविकारण बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले ७ करोड, नेपाल लाइफले ६ करोड, रिलायन्स लाइफले ५ करोड, ज्योति लाइफले ५ करोड, गुराँस लाइफले ३ करोड, सन नेपाल लाइफले २ करोड, रिलाउबल नेपाल लाइफ,सानिमा लाइफल, प्रभु लाइफ र महालक्ष्मी लाइफले २ /२ करोड रुपैयाँ नविकारण बीमा शुल्क आर्जन गरेका छन्

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS