IME Life New

निषेधाज्ञाकै अवधिमा जीवन बीमा कम्पनीले भित्र्याए २ अर्ब ७८ करोडको नयाँ विजनेस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले कोभिड १९ को संक्रमण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरेको समयमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ७८ करोड रुपैयाँको नयाँ व्यवसाय भित्र्याएका छन् । कोभिड १९ का कारण बैशाख र जेठ महिना व्यापार व्यवसाय तथा चहलपहल लगभग ठप्पै रह्यो । तर यस अवधिमा उनिहरुले २ अर्ब ७८ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल सरकारको सहमतिमा स्थानीय निकायहरुले बैशाख १६ गतेदेखि पुर्ण रुपमा निषेधाज्ञा जारी गर्दै आएका थिए । निषेधाज्ञा अगाडी नै बढ्दो संक्रमणका कारण सर्वसाधारणको आवतजावत तथा चहल पहल कम भएकाले जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय भित्र्याउन सकिरहेका थिएनन् । सरकारले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञालाई असर एक गतेसम्म कडाइका साथ कार्यान्यनमा ल्यायो । यस्तो अवस्थामा पनि कतिपय कम्पनीहरुले पनि प्रथम बीमा शुल्क आर्जनमा उल्लेख सुधार गरेका छन् भने कतिपय कम्पनीको व्यवसाय प्रभावित भएको देखिन्छ ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा मात्रै एक अर्ब ७० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । तर जेठ महिनामा निषेधाज्ञा थप कडा हुँदा एक अर्ब ८ करोड रुपैयाँमा खुम्चिएको छ । निषेधाज्ञाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्न नेपाल लाइफ सफल भएको छ । नेपाल लाइफले यस अवधिमा ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बैशाख महिनामा ४० करोड रुपैयाँ बीमा शुल्क भित्र्याएको नेपाल लाइफले जेठ महिनामा जम्ममा १३ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ । कम्पनीले एजेन्सी म्यानेजरलाई दिएको टार्गेटको प्रभाव प्रथम बीमा शुल्कमा परेको छ । व्यवसायमै असर पर्ने देखिए पछि कम्पनीले जेठ एक गतेदेखि लागु हुने गरि दिएको उक्त टार्गेट फिर्ता लिइसकेको छ ।

निषेधाज्ञाको अवधिमा दोस्रो धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कम्पनीले २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै तेस्रो नम्बरमा नयाँ जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले २३ करोड, ज्योति लाइफले २१ करोड, मेट लाइफले १८ करोड, सिटिजन लाइफले १५ करोड, युनियन लाइफले १४ करोड, सानिमा लाइफले १४ करोड, सूर्या लाइफले १३ करोड, रिलायन्स लाइफले १३ करोड, एशियन लाइफले ८ करोड, आइएमई लाइफले ८ करोड, प्राइम लाइफले ५ करोड, राष्ट्रिय बीमा संस्थानले ४ करोड, सन नेपाल, प्रभु लाइफ, महालक्ष्मी लाइफले ४ करोड रुपैयाँ र गुराँस लाइफले तीन करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS