IME Life New

सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त भएका छन् । जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले खड्कालाई आगामी ४ वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको हो । निमित्त प्रमुख कार्यकारी अधकृत पदमा कार्यरत खड्कालाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नका लागि कम्पनीले बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो । बीमा समितिको स्वीकृती सँगै सञ्चालक समितिले आजैदेखि लागु हुने गरि नियुक्त गरेको हो ।

खड्काको  बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।  उनले बीमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै साढे ६ वर्ष काम गरिसकेका छन् ।

Esewa
Crest

व्यवस्थापन विषयमा स्नातकोत्तर, एसीसीए  गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्समा  पनि काम गरेका थिए।

यस अगाडिका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो । आजदेखि उनि प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

ad90a6fb83a5ca4b6107e59b411db3ec (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS