IME Life New

सूर्या लाइफ इन्स्योरेन्समा पवन खड्कालाई सिईओ नियुक्त गर्न बीमा समितिको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  बीमा समितिले  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गर्न अनुमति दिएको छ ।

बीमा समितिले मंगलबार खड्कालाई सिईओ नियुक्ती गर्न सूर्या  लाईफको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिले जनाएको छ ।

Esewa
Crest

जेष्ठ १३ गते बसेको संचालक समितिको बैठकले खड्कालाई कम्पनीको सिईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताब गरेको थियो।  उक्त प्रस्ताब बीमा समितिबाट पारित भए  सगै अब बस्ने संचालक समितिको बैठकले ४ बर्षको लागि खड्कालाई सिईओमा नियुक्त गर्नेछ।

खड्काको  बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।  उनले बीमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै साढे ६ वर्ष काम गरिसकेका छन् ।

व्यवस्थापन विषयमा स्नातकोत्तर र एसीसीए  गरेका खड्का जीवन बीमा क्षेत्रका  अनुभवी व्यक्ति हुन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्समा  पनि काम गरेका थिए।

यस अगाडिका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खड्कालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS