IME Life New

वास्तविक लोकतन्त्रको अनुभूतिको लागी परिबर्तन सगै परिबर्तित हुनु जरुरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

-नारायण न्यौपाने

समाज परिबर्तन लहडको भरमा हुदैन। अझ यसो भनौ जिबनका मूल्य र मान्यता फु-मन्त्र शैलीमा परिबर्तन हुदैनन्। राज्यका अनबरत प्रयाशहरुले सामाजिक रुपान्तरणका केहि चरणहरुलाई परिबर्तित गर्छन। मानबिय मूल्य र मान्यताको कसीमा अग्रगामी कार्यदिशाले मानबिय बैभवलाइ स्थापित गराउनु साचो अर्थमा राजनीतिक सफलता हो। हामि लामो समय देखि अप्ठ्यारो समयको सामना गरिरहेका छौ। अलि बढी आडम्बरको खोल ओढेर बाच्न खोजिरहेका छौ। साचो अर्थमा भन्ने हो भने परनिर्भरताको चंगुलमा फसिरहेका छौ। राज्य र नागरिकको सम्बन्धमा दरार उत्पन्न भयको छ। अझ यसो भनौ हामीले हाम्रा इमान्दारिताको व्यापार गरिरहेका छौ।

Esewa
Crest

घुस्खोरिता इमान्दारिताको ब्यापारीकरण हो। जालझेल बैमन्यसता हाम्रा सबैभन्दा ठुला शत्रुहरु हुन् तर तिनीहरुलाईनै हामीले संस्थागत गरिरहेका छौ। मपाइत्तो को आडमा हामीले हाम्रा मूल्य र मान्यताहरुलाइ तिलान्जली दियका छौ। राज्यले तेस्को नेत्रित्वो गरिरहेको छ,यसको सोझो अर्थ हो जहाँ राज्यले नै भ्रस्टीकरणको अगुवाई गरिरहेको हुन्छ तेहा विकास र उन्नति धेरै टाढा हुन्छ। जनताले गरिबीको सामना गर्नु परेको हुन्छ। तेसैले राज्यले र आम जनताले आधारभूत सोच र चिन्तनमा परिबर्तन नगरेसम्म हामि पुरानै ढर्रामा चल्न बिबस हुनुपर्छ।

सार्बजनिक संस्थाहरुमा सुशासन आजको पहिलो आबस्यकता हो। जनप्रतिनिधिहरुमा इमान्दारिताको बिउ रोप्नु आजको आबस्यकता हो। स्थानीय प्रदेश र संघिय सरकारका सबै निकायमा कर्मचारी उतपादकतवमा बिर्दि गर्न व्यापक उत्प्रेरणा प्रदान गर्नु आजको आबस्यकता हो। तेस्को लागि संघिय सरकारले बिशेष योजना बनायर अगाडी बढ्नु पर्छ। जनताको काम लाइ १ मिनेट पनि नरोक्ने संयन्त्रको विकास गरिनु जरुरि छ। कर्मचारीका र जनप्रतिनिधका ठालु मानसिकता माथि ठाडो प्रहार गर्नु आजको आबस्यकता हो। ताकि आफु सार्भभौम भयको जनता ले प्रत्य्क्ष्य महसुस गर्न पाउन।

चाकडी र चाप्लुसी प्रथाको अन्त होस्। प्रधानमत्री ओलीले यी र यस्ता कुराहरुमा बढी चासो दिनु भयो भने हामि संस्थागत सुशासनको नया चरण मा प्रवेश गर्न सक्नेछौ। उच्च नैतिक आचरण र व्यवहार को युग मा प्रवेश गर्ने छौ,र हाम्रा मूल्य र मान्यताहरुलाई सभ्यताको नया युगमा प्रवेश गराउन सक्नेछौ। अब हामीले पछाडी फर्कनु पर्ने अवस्था आउनु हुदैन।

जातिय धार्मिक लडाई लाइ तिलान्जली दिदै अन्तरिक्ष्यमा हाम्रो भूमिका लाइ खोजि गरिनु पर्छ। चन्द्रमामा हाम्रो उपस्थिति लाइ दरिलो बनाउदै अगाडी बढ्नु पर्छ। हिजोका तिता मिठा कुरा हरु बिर्सेर हामि आजको युगको लागि तयार रहनु पर्छ। नेपालीको शिरलाइ उच्च राख्न हरेक ठाउँ बाट हामीले प्रयाश गर्नु पर्छ। हाम्रा उत्पादन लाइ संसार को कुना कुना मा लैजान हामीले गम्भीर पहल गर्नु पर्छ। गर्न सकिदैन हुन्न भन्ने जस्ता निरासाबादी चिन्तन हरुलाई मिल्काउदै नया सुन्दर बिहानी को लागि हामीले हाम्रा पाइला दरिलो बनाउनु पर्छ। इतिहास का गम्भीर गल्तीहरुलाई समिक्ष्या गर्दै नया अठोट र चिन्तन को साथ् अगाडी बढ्नु आजको आबस्यकता हो। यक ले अर्को लाइ गालि गरेर समय को बर्बादी गर्ने समय अब हामि सग छैन। हामीले हाम्रा नीतिहरुलाई बैज्ञानिक प्रक्रिया बाट निर्माण गर्नु पर्छ र संसार मै तन्नम अवस्था मा रहेको हाम्रो देश लाइ माथि उठाउन गम्भीर प्रयाश जारि राख्नु पर्छ।

विदेशमा गएर आजको आधुनिक समाज बुझ्नुहुने असल नेपाली नागरिकले यो समाज लाइ समुन्नत कसरि बनाउन सकिन्छ,तेता तिर हातेमालो गर्दै अगाडी बढ्नु पर्छ। उहाहरुको अथाह ज्ञान र सिप लाइ राज्यले परिचालन गर्न सक्नु पर्छ। राज्य तेस्को लागि तयार रहनु पर्छ। हाम्रा उच्च प्राबिधिक जनशक्ति लाइ नेपालमै काम गर्ने बातावरण निर्माण गर्नु सरकारको जिम्मेवारीहो भने असल नागरिकको कर्तब्य हो। यसो गर्न सकु भने हाम्रा आधारभूत संरचनाहरु परिबर्तन गर्न सक्नेछौ र देश विकास हुन धेरै समय लाग्ने छैन।

न्यौपाने युवा लगानीकर्ता तथा स्वतन्त्र बिस्लेसक हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS