काठमान्डौ। नेपाल पुनर्बीमाको ३ घण्टा नपुग्दै १ अर्ब माथिको शेयर कारोवार भएको छ। केही दिन यता नेपाल पुनर्बीमाको शेयर मुल्यमा निकै धेरै चहलपहल देखिएको छ। कम्पनीको बजार मूल्य आज १७०० माथि पुगेको छ। यो समाचार तयार पार्दा सम्म कम्पनीको बजार मूल्य १७४९ रुपैयाँ पुगेको छ। कम्पनीको बजार मूल्य प्रति कित्ता १०० रुपैयाँ भन्दा धेरैले वृद्धि भएको छ।