Connect IPS
IME Life

निषेधाज्ञा केहि खुकुलो बनाएर जेठ मसान्तसम्म कायमै, बैंक तथा बीमा कम्पनी खोल्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको छलफल सकिएको छ । निषेधाज्ञालाई जेठ मसान्तसम्म कायमै राखिने विषयमा छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । उनले भने ‘निषेधाज्ञालाई केहि खुकुलो बनाएर जेठ मसान्तसम्म कायम राखिने छलफल भएको छ तर आधिकारिक निर्णय भने भोलि बिहान मात्रै हुने छ ।’

छलफलमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुका केहि शाखा कार्यालयहरु स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिने विषयमा पनि छलफल भएको निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार जेठ २० पछि  किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु पनि खोल्न दिइने भएको छ ।

Prabhu
Crest

सार्वजनिक निजी निर्माणलाई वैज्ञानिक विधिबाट सञ्चालन हुन दिने विषयमा पनि छलफल भएको छ । खाद्यान्न पसलहरु भने खोल्न दिइने विषयमा सबैको सहमति रहेको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई पनि खोल्न दिइने विषयमा छलफल भएको निरौलाले जानकारी दिए । केहि छलफलको विषय बाँकी रहेकोले निर्णय भोलि गरिने उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS