IME Life New

नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा ! किन छ एलआईसी नेपालको शेयर मूल्य धेरै ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । नेपालका जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ भने एलआईसी नेपाल दुई नम्बरमा पर्छ ।

सर्वप्रथम नेपाल लाइफ र एलआईसी नेपाललाई तेश्रो त्रैमासको आधारमा दाँजेर हेरौ :
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ७ अर्ब १९ करोड छ भने एलआईसी नेपालको चुक्ता पूँजी २ अर्ब २१ करोड रहेको छ । जगेडा कोषलाई आधार मान्दा नेपाल लाइफको जगेडा कोषमा १ अर्ब १२ करोड रहेको छ भने एलआईसी नेपालको जगेडा कोषमा ६१ करोड रहेको छ। किताबी मूल्यमा भने एलआईसी नेपाल अघि छ। एलआईसी नेपालको किताबी मूल्य १३९ रुपैयाँ छ भने नेपाल लाइफको किताबी मूल्य १२३ रुपैयाँ छ।

Esewa
Crest

जीवन बीमा कोष हेर्दा नेपाल लाइफको जीवन बीमाकोषमा १ खर्ब रकम रहेको छ भने एलआईसी नेपालको जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड रहेको छ । जीवन बीमा कम्पनीको हकमा जीवन बीमा कोषको महत्व ठूलो हुन्छ ।

त्यस्तै व्यापारको कुरा गर्दा नेपाल लाइफले ९ महिनामा २४ अर्ब ९५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने एलआईसी नेपालले १३ अर्ब ५९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

तेश्रो त्रैमाससम्म नाफालाई हेर्दा नेपाल लाइफको खुद नाफा ५० करोड छ भने एलआईसी नेपालको नाफा १५ करोड छ तर वार्षिक प्रति शेयर आम्दानी भने दुवै कम्पनीको बराबर रहेको छ।

लाभांशको इतिहास हेर्दा विगत ५ वर्षमा नेपाल लाइफले २२२ प्रतिशत लाभांश दिएको छ भने एलआईसी नेपालले १४५ प्रतिशत लाभांश दिएको छ। दुवै कम्पनीले आर्थिक वर्ष ७५/७६ को लाभांशको लागि बुक क्लोज गरिसकेको अवस्था छ ।

धेरै सुचकमा अघि देखिदा एलआईसी नेपालको बजार मूल्य किन धेरै ?

Note: Adjusted Chart

Chart Source: Nepsealpha.com

यो समाचार तयार पार्दा नेपाल लाईफको बजार मूल्य २०९५ रुपैयाँ रहेको छ भने एलआईसी नेपालको बजार मूल्य २३८५ रुपैयाँ रहेको छ। शेयर बजार भनेको कम्पनीको आधारभूत कुरा सँगै माग र आपुर्तीको कुरा पनि हो। आपुर्ती धेरै भएका शेयरमा बजार बजार मूल्यमा केही चाप आउने गर्छ । नेपाल लाइफको चुक्ता पूँजी ७ अर्ब १९ करोड हुँदा एलआईसी नेपालको चुक्ता पूँजी मात्र २ अर्ब २१ करोड छ ।

नेपाल लाइफमा सस्थापक शेयर धनीको स्वामित्त्व ६० प्रतिशत र साधारण शेयरधनीको स्वामित्त्व ४० प्रतिशत छ। तर एलआईसी नेपालको कुरा गर्दा सस्थापक शेयरको स्वामित्त्व ८० प्रतिशत र साधारण शेयरधनीको स्वामित्त्व जम्मा २० प्रतिशत छ ।

यसको अर्थ नेपाल लाइफको २ करोड ८७ लाख कित्ता साधारण शेयर बजारमा छ भने एलआइसी नेपालको जम्मा ४४ लाख कित्ता साधारण शेयर मात्र बजारमा छ। यसको अर्थ एलआइसी नेपालको बजारमा शेयर निकै थोरै छ। बजारमा नेपाल लाइफको साधारण शेयर एलआईसी नेपालको भन्दा ५५१ प्रतिशतले धेरै छ। जसको कारणले गर्दा नेपाल लाइफको शेयर मूल्यमा आपुर्ती धेरै भएको देखिन्छ।

शेयर संख्या लिँदा कम्पनीको आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा लगिएको 

नोट :माथिको लेखले लगानी गर्न वा नगर्न भनेर कुनै सूचना दिएको होइन, विशुद्ध शैक्षिक प्रयोजनका लागि मात्र 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS