IME Life New

सूर्या लाइफले व्यतित बीमालेखमा व्याज छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफले कोरोना महामारीको असहज परिस्थितिमा व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ ।  कम्पनीले धेरै लामो समयदेखि बीमा शुल्क भुक्तानी नगरेका बीमा बीमितलाई समेत मध्यनजर गर्दै नविकरणका लागि प्रोत्साहन गरेको छ ।

कम्पनीले निषेधाज्ञा शुरु भएको मिति बैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्मको व्याजमा सत प्रतिशत छुट प्रदान गर्नेछ । त्यस्तै २ वर्ष अवधि २०७६ जेठ १६ गतेदेखि बैशाख १५ गतेसम्मको किस्ताको व्याजमा पनि ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । अहिलेसम्म बाँकी तिर्नुपर्ने सबै किस्ताको व्याजमा पनि ३५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

Esewa
Crest

बीमितिले कनेक्ट आइपिएस, खल्ति, इसेवा, प्रभु पे, फन पे, सेल पेस र आइएमई पे लगायतका विद्युतिय भुक्तानीका माध्यमबाट नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । व्यतित बीमालेखले बीमितको जोखिम बहन नगर्ने भएकाले समयमै आफ्नो बीमालेखको बीमा शुल्क भुक्तानी गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS