IME Life New

मकै पोलेरै बीमा : कल्पना राज लावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कल्पना राज लावट

मनमा मकै पोलेरै जीवन गुजारा चलाउने सपना लिएर शहर पसेकी कल्पनाको घर दोलखा, चरिकोट हो । आज भन्दा लगभग ८ वर्ष अघि गाँउ छोडेर आएकी कल्पना हाल वुद्धनगरमा बस्दै आएकी छिन् । बिहान बिहान साग अनि मध्यान्न भएसँगै मकै बेच्ने कल्पनाले दैनिक रुपमा १ हजार रुपैयाँ बचत गर्ने बताईन् ।

“शहर आएको केही समय मैले कपडा बेचे, सबैको सल्लाहा बमोजिम मकै पोल्न लागे, अहिले राम्रै आम्दानी गर्छु, कल्पनाले बताईन् ।”दैनिक रुपमा १५ देखि १६ सय आम्दानी गर्ने कल्पनाले एलआईसि नेपाल कम्पनीमा बीमा गराएकी छिन् । घर परिवारमा बीमा गर्ने कुरा चलिरहँदा उनीहरुलाई बीमा कसरी गर्ने केही जानकारी थिएन । बीमा गर्ने ईच्छा उनमा थियो । तर अब कसरी गर्ने होला भन्ने दोधारमा रहेकी कल्पनाको एक जना बीमा अभिकर्ता सँग भेट भयो । उनकै परामर्शमा कल्पनाले बीमा गरिन ।“बैंकमा जम्मा गरेको रकम जति बेला मन लाग्यो त्यत्ति बेला झिक्न पाउने सुविधा हुन्छ, जसले गर्दा मैले दुख गरेर कमाएको रकम अहिले नै सकिन्छ । तर मैले बीमा गरे भने मलाई केही भयो भने पनि मेरो परिवारमा पर्न सक्ने आर्थिक अभावलाई केही सहयोग पुग्ला भन्ने सोचले बीमा गरे कल्पनाले भनिन ।”

Esewa
Crest

कल्पनाले एलआइसी नेपालको १५ वर्षे सावधिक जीवन बीमा पोलिसी खरिद गरेकी हुन् । अहिले उनी बार्षिक रुपमा ३० हजार रुपैयाँ बिमाशुल्क तिर्ने गर्छिन् । अहिले राज लावट नयाँ बानेश्वर शंखमुलटावर नजिकै मकै पोल्दै जिविका चलाउँदै आएकी छिन् । काठमाडौँ छिरेको ४ वर्ष सम्म कोटेश्वरमा मकै बेच्दै आएकी लावट विगत ४ वर्ष देखि शंखमुलमा मकै पोल्दै आईरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS