IME Life New

क्रस होल्डिङलाई दुई वर्ष भित्र डाइभेस्ट गर्न बीमा समितिको निर्देशन, नटेरे मर्जर गर्न बाध्य बनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले एकै समुह वा व्यक्तिले सिमा भन्दा बढि लगानी गरेका संस्थापक समुहका शेयरधनीहरुलाई दुई वर्ष भित्र बिक्री गर्न निर्देशन दिएको छ । समितिले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ जारी गर्दै उक्त निर्देशिकाको दफा १५ मा सिमा भन्दा बढि क्रस होल्डिङ भएका लगानीकर्तालाई दुई वर्षको समय दिइएको छ ।

Esewa
Crest

यस निर्देशिकामा एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकहरुले आपसमा प्रति हिस्सेदार ‘क्रसहोल्डिङ’ हुने गरी संस्थापक शेयरमा लगानी भएको तथा एकै समूह वा व्यक्ति वा एकाघरका परिवारले एक वा सो भन्दा बढि एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकमा सीमा भन्दा बढि लगानी गरेको रहेछ भने सो सिमा भन्दा बढि लगानी गरेको संस्थापक समूहको शेयर दुई वर्ष भित्र बिक्री गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

सिमा भन्दा बढि क्रस होल्डिङ भएका शेयरधनीले नियम अनुसार बिक्री नगरेसम्म संस्थापक शेयरधारकले त्यस्ता बीमिकबाट वितरण हुने नगद लाभांस बोनस शेयर र हकप्रद शयरमा सहभागी हुन पाउने छैन । एउटै समूह वा व्यक्तिको सिमा भन्दा बढी हुन आउने संस्थापक शेयर तथा क्रसहोल्डिङ भएको शेयर बिक्री गरेपछि मात्रै रोक्का राखिएको बोनस शेयर र नगद लाभांस फुकुवा हुने समितिले जनाएको छ ।

यसरी बिक्री गरी तोकिएको सीमा भित्र कायम नभएमा त्यस्तो बीमकहलाई एक आपसमा गाभ्न गाभिन निर्देशन दिने कानुनी व्यवस्था गरिएको छ । एकै समुह वा व्यक्तिको सिमाभन्दा बढि हुन आउने संस्थापक शेयर तथा प्रति हिस्सेदारी भएको संस्थापक शेयर नामसारी वा बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनु पर्ने अनिवार्यता हुने छैन ।

शेयरखरिद बिक्री सम्बन्धी अन्य व्यवस्था तथा प्रक्रिया प्रचलित कानून बमोजिम नै हुने र यसरी शेयर खरिद गर्ने व्यक्ति संस्थाहरु सम्बन्धित संस्थापक समूहमै रहनेछ । तर सम्बन्धित संस्थापकहरुले चाहेको खण्डमा हकप्रद शेयर हक हस्तान्तरण गर्न बाधा पुर्याएको मानिने छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS