Connect IPS
IME Life

सिटिजन लाइफको जीवन बीमा कोष १३८ प्रतिशतले बढ्यो, नाफा १४ करोड ५७ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोष १३८.०५ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्ष ७७/ ७८ को तेस्रो त्रैमासिक अवधिमा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब एक करोड रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा एक अर्ब २६ करोड रुपैयाँ मात्रै थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १०९ प्रतिशतले बढेको छ । खुद बीमा शुल्क आर्जन २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा यस्तो आर्जन एक अर्ब १६ करोड रुपैयाँ मात्रै थियो । कम्पनीले हालसम्म ६ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन भने २ अर्ब ४८ करोड रुपैयाँ छ ।

Prabhu
Crest

सिटिजन लाइफले तेस्रो त्रैमासिक अवधिमा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको दिर्घकालिन कर्जा लगानी ११ प्रतिशतले बढेको देखिन्छ । कम्पनीले दिर्घकालिन क्षेत्रमा तीन अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ ।

विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर मात्रै २१ करोड ५७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७६ करोड रुपैयाँ जम्मा भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS