IME Life New

पूँजी बजारको विकासका लागी नेप्से र सिडिएसलाई ऐन नियम शंसोधन गर्न बोर्डको निर्देशन, अर्थमन्त्रालयलको प्रतिवेदनको कार्यान्वयन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङलाई ऐन नियम संशोधन गर्न निर्देशन दिएको छ । नेपालको मुद्रा तथा पूँजी बजारको समस्या समाधान गर्न अर्थमन्त्रालयले गठन गरेको अध्ययन समितिले दिएको सुझाव अनुसार बोर्डले नेप्से र सिडिएससीलाई निर्देशन दिएको हो ।

बोर्डले बैकहरुलाई ब्रोकर अनुमती प्रदान गर्ने प्रक्रिया अगाडी बढाउँन नेप्सेलाई निर्देशन दिएको छ । त्यस्तै, काठमाडौ उपत्यका बाहेकका स्थानमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमती प्रदान गर्न आवश्यक कार्य समेत अगाडी बढान बोर्डले निर्देशन दिएको छ ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले नेप्से सुचकांकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई अन्तराष्टिय स्तरको बनाउँन समेत निर्देशन दिएको छ । ब्रेकर प्रणालीलाई समसामयिक बनाउँन बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।
साथै बोर्डले सेयर बजार लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न पनि नेप्सेलार्य निर्देशन दिएको छ । लगानीकर्ताहरको हित संरक्षणको लागी विद्यमान कानूनी व्यवस्थाको समीक्षा गरी २०७५ चैत्रसम्ममा कार्यन्वयन ल्याउँने गरी बोर्डमा पेश गर्न नेप्सेलाई निर्देशन दिएको हो । साथै ओटिसी बजारलाई गतिशिल बनाउँन २०७५ चैत्रसम्ममा प्रविधि मैत्री बनाउँन स्वचालित प्रणाली अपनाउन आवश्यक कार्य अगाडी बढाउँन निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले बजार निर्माताको लागी बोर्डमा सिफारिश गर्न नेप्सेलाई निर्देशन दिएको छ । कर्मचारी संचयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षाकोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माता तथा व्यापारीको रुपमा समेत कार्य गर्ने अनुमति प्रदान गर्नका लागी आवश्यक प्रक्रिया अगाड बढाउँन निर्देशन दिएको छ ।

नेपाल धितोपत्र बोर्डले कारोबारको भुक्तानी सुनिश्चितताका लागि आवश्यक भुक्तानी सुनिश्चितत कोष स्थापनाका लागी व्यवस्था गर्न सिडिएस एण्ड क्लियरिङ्गलाई निर्देशन दिएको छ । त्यस्तै, राफासाफ चक्रलाई २०७६ असारसम्ममा टि प्लस वान मा ल्याउँनका लागी आवश्यक शंसोधनका लागी बोर्डमा सिफारिश गर्न समेत निर्देशन दिएको छ ।
नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग संस्थाबाट न्यूनत्तम ग्रेड भन्दा माथिल्लो ग्रेड वा रेटिङ्ग प्राप्त गरेका संगठित संस्थाहरुलाई मात्र सार्वजनिक निकाष्शनको अनुमति दिन सिडिएससीलाई निर्देशन दिएको छ । त्यसैगरी ऋणपत्र जारी गर्दा जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई विक्री वितरण गर्नुपर्ने व्यवस्था गर्न, धितोपत्रको थप सार्वजनिक निष्काशन गर्दा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तिय विवरण अनुसारको प्रति सेयर नेटवर्थ भन्दा बढी नहुने गरी प्रिमियम मूल्य निर्धारण गर्नुपर्ने र प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा प्रिमिय मूल्य संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तिय विवरण अनुसारको प्रति सेयर नेटवर्थको दुई गुणा भन्दा बढी नुहने गरी निष्काशन गर्न सक्ने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मर्जरको व्यवस्था गर्न सिडिएससीलाई निर्देशन दिएको छ । बोर्डले दलाल व्यवसायीलाई थप प्रतिस्पर्धी बनाउँन, धितोपत्र दलाल व्यवसायी सम्बन्धी विद्यमान इजाजत र सञ्चालन नीतिमा पुनरावलोकन गर्न, बाणिज्य बैकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति गर्ने र गाम्भे÷गािभने सम्बन्धीमा नीतिगत व्यवव्स्था गर्न नियमावली संशोधन भई मस्यौदा बनाउँने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS