IME Life New

नेपाल लाइफ २० वर्ष पुरा गरि २१ औ वर्षमा प्रवेश, एक खर्ब एक अर्बको सर्वाधिक जीवन बीमा कोष बनाउन सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० वर्ष पुरा गरि २१ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते जीवन बीमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स २० वर्ष पुरा गरि २१ वर्षमा प्रवेश गरेको हो ।

जीवन बीमा व्यवसाय शुभारम्भ गरेको २१ वर्षको अवधिमा विगत ११ वर्षदेखि अग्रणी स्थानमा छ । कम्पनी स्थापना हुँदा जीवन बीमा कोष ८ लाख ७ हजार रुपैयाँ मात्रै थियो । आजका दिनमा कम्पनीले जीवन बीमा कोष एक खर्ब एक अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ ।

Esewa
Crest

२१ वर्षको दौरानमा कम्पनीले २९ लाख २ हजार ९२६ वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले बीमित सँग शेयरधनीहरुलाई पनि आकर्षक लाभांस दिन सफल भएको छ । बीमितले पाउने बोनस दर सबैभन्दा धेरै छ भने शेयरधनीले पाउने लाभांस पनि सर्वाधिक छ ।

आजका दिनमा कम्पनीका बीमितिले पाउने बोनसदर न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म छ । कम्पनीले अहिलेसम्म मृत्युदाबी मात्रै तीन अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । बीमा अवधि परिपक्व भएर बीमितिले ९ अर्ब ५९ करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी प्राप्त गरेका छन् । आंसिक अवधिको भुक्तानी पनि ११ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

अभिकर्ताको सञ्जाल हेर्ने हो भने हाल कम्पनी सँग एक लाख ७४ हजार ७८ जना अभिकर्ता रहेका छन् । कम्पनी स्थापना हुँदा २ वटा मात्रै शाखा थिए । आजका दिनमा २०० वटा शाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

आजका दिनमा कम्पनीको सर्वाधिक लगानी कोष एक खर्ब १० अर्ब रुपैयाँ छ । दोस्रो बजारमा पनि कम्पनीको बजार पूँजीकरण सर्वाधिक १० कम्पनी भित्र पर्दै आएको छ । कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ ।

कम्पनी स्थापनापछि पहिलो र दोस्रो प्रमुख कार्यकारी अधिकृत भारतबाट ल्याइएको थियो । कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत जिएस पांती हुन्। दोस्रो प्रमुख कार्यकारी अधिकृत पनि भारतकै बिसी शर्मा थिए । तेस्रो सिइओ भने नेपालकै रमेशकुमार भट्टराई भए । मनोजकुमार भट्टराईसहित चार जनाले पहिलो एक दशक कम्पनीको नेतृत्व सम्हालेका थिए । पछिल्लो दशकमा विवेक झाले प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए । कम्पनीको सञ्चालक समितिले गत माघ २८ गते सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको छ । चार्टर्ड एकाउन्टेन्ट प्रसाईले पछिल्लो समय कम्पनीको बागडोर सम्हालिरहेका छन् ।

कम्पनीले नाफाबाटै ६ अर्ब ८९ करोड रुपैयाँको बोनस शेयर वितरण गरिसकेको छ भने तीन अर्ब ४६ करोड रुपैयाँ नगद लाभांस वितरण गरिसकेको छ । शेयरधनीहरुलाई ९ अर्ब भन्दा बढि लाभांस प्रदान गरिसकेको नेपाल लाइफले जीवन बीमा कोष एक अर्ब एक अर्ब आफैमा नेपाली बीमा क्षेत्रको इतिहास हो ।

वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिनुहुने नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरे ।

साथै यस अवसरमा कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्नुहुने हाम्रा आदरणिय बीमितहरु, अहोरात्र खटिइ नेपाल लाइफको सेवा विस्तारमा साथ दिनुहुने आत्मिय अभिकर्ताहरु तथा कम्पनीको बृहत्तर हितका लागि मेहनती र लगनशिल भई सेवा प्रवाह गर्नुहुने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफु, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् ।

कम्पनीले २१ औ वार्षिकोत्सवको अवसरमा बीमित, अभिकर्ता, शेयरधनी, कर्मचारी, संचालक समिति, नियमनकारी निकाय लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ । कम्पनीले बीमितको सेवामा अझै कैयौ वर्ष अनवरत रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS