IME Life New

नेशनल लाइफको सिइओमा सुरेश खत्रीको नाम प्रस्ताव, बीमा समितिबाट स्वीकृति आउन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्ती गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले खत्रीको नाम प्रस्ताव गरे सँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ ।

बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै कम्पनीले आधिकारिक रुपमा खत्रीलाई नियुक्ती गर्न सक्ने छ । बीमा समितिले कम्पनीलाई छिटो भन्दा छिटो प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दवाव दिदै आएको थियो । समितिको निर्देशन सँगै कम्पनीले खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने प्रस्ताव गरेको हो । नेशनल लाइफबाटै करिअर सुरु गरेका खत्री सँग २६ वर्षको अनुभव रहेको छ ।

Esewa
Crest

यस अगाडिका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिए पछि पुस तीन गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS