Connect IPS
IME Life

तीन किसिमका कमोडिटी एक्सचेन्ज खोल्न पाइने, न्युनतम चुक्ता पूँजी एकदेखि दुई अर्बसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कमोडिटी एक्सचेन्ज स्थापनाका लागि न्युनतम चुक्ता पूँजी एक अर्ब देखि दुई अर्ब रुपैयाँसम्म लाग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज स्थापनाका लागि तयार पारेको ‘बस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका २०७७’ को मस्यौदा अनुसार तीन किसिमको चुक्ता पूँजी रहने गरि वर्गिकरण गरिएको छ ।

Prabhu
Crest

कृषिजन्य उत्पादन, तेल र अन्य बस्तुहरुको मात्रै कारोबार गर्ने कमोडिटी एक्सचेन्ज स्थापनाका लागि न्युनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ तोकिएको छ । धातुज्नय बस्तु, बहुमूल्य धातु र खनिज तैलजन्य बस्तुको कारोबार गर्ने कमोडिटी एक्सचेन्जका लागि न्युनतम चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।

कृषिजन्य उत्पादन, धातुजन्य बस्तु, बहुमूल्य धातु, खनिज तैलजन्य बस्तु, तेलको कारोबार गर्ने कमोडिटी एक्सचेन्जको चुक्ता पूँजी दुई अर्ब रुपैंयाँ तोकिएको छ । बस्तु विनिमय बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरुले कम्तिमा एकाउन्न प्रतिशत र बढिमा सत प्रतिशत शेयर लगानी गर्ने प्रस्ताव गरि निवेदन दिन सक्ने व्यवस्था राखिएको छ । प्रस्तावित संस्थामा विदेशी रणनीति साझेदा वा प्राविधिक सहयोग गर्ने संस्थाका लागि कुल चुक्ता पूँजीको कम्तिमा ५ प्रतिशत देखि बढीमा ५१ प्रतिशतसम्म अनिवार्य शेयर लगानी गर्न पाउनेछन् ।

यस निर्देशिका अनुसार बस्तु विनियम बजार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट पुर्व अनुमति लिनु पर्ने हुन्छ । यसका लागि संस्थापकहरुले लगानी गर्ने रकम बैंक, वित्तीय संस्था लगायतबाट ऋण सापटी प्राप्त गरेको रकमबाट प्रस्तावित संस्थामा लगानी गर्न पाइने छैन । विदेशी रणनीतिक साझेदार संस्थाको लगानी वा प्राविधिक सहयोगमा स्थापना हुने प्रस्तावित संस्था प्रचलित नेपाल कानुन बमोजिमको सबै कानुनी प्रकृया पुरा गरि दर्ता गर्नु पर्नेछ ।

पुर्व स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिदा २५ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नु पर्छ । बोर्डले पूर्व स्वीकृति दिने भयो भने चुक्ता पूँजीको १० प्रतिशत जम्मा भएको प्रमाण बोर्डमा पेश गर्नु पर्छ साथै बोर्डलाई ५० हजार रुपैयाँ शुल्क भुक्तानी गर्नु पर्छ ।

बस्तु विनिमय बजारमा कम्तिमा दुई जना स्वतन्त्र सञ्चालक सहित बढिमा ७ जना सञ्चालक रहने व्यवस्था गरिएको छ । सञ्चालकको पनि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । यस निर्देशनमा सञ्चालकको योग्यता अर्थशास्त्र वाणिज्य शास्त्र वित्त लेखा व्यवस्थापन वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तिमा ४ वर्षको कार्य अनुभव भएको हुनु पर्छ । सञ्चालककको उमेर ३५ वर्ष पुरा भएको हुनु पर्छ ।

बस्तु विनियम बजार सम्बन्धी ऐन २०७४ आएको तीन वर्ष वितिसक्दा पनि नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार सञ्चालन गर्ने ‘कमोडिटी एक्सचेन्ज’को स्थापना गर्न सकेको छैन । बोर्डले दुई वर्ष अगाडि कमोडिटी एक्सचेन्जका लागि प्रस्ताव आह्वान गरेको थियो । विभिन्न व्यवसायिक घरानाले बस्तु विनिमय बजार सञ्चालन गर्ने प्रस्ताव पेश गरे पनि बोर्डले लाइसेन्स दिन सकेन । बोर्डले दुई पटक बस्तु बिनिमय बजार सञ्चालका लागि एक्सचेन्जको लाइसेन्स खुला गरे पनि अहिलेसम्म कुनै पनि प्रकृयाँ अगाडि बढाउन सकेको छैन । बोर्डले अहिले निर्देशिका जारी गरेर एक्सचेन्ज स्थापना गर्न खोजेको हो ।

बस्तु तथा विनिमय बजार सञ्चालन सम्बन्धी निर्देशिका

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS