IME Life New

साप्ताहिक बीमा समीक्षाः यस साता जीवन तथा निर्जीवन बीमा क्षेत्रमा के के गतिविधि भए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यस साता बीमा व्यवसायको लागि निकै महत्वपूर्ण रह्यो । यस साता बीमा समितिले बीमा कम्पनीहरुलाई आलोपालो गरी एक तिहाई कर्मचारीबाट बीमा सेवा प्रवाह गर्न निर्देशन दिनुका साथै नयाँ पोलिसी जारी, कम्पनी सचिव नियुक्त, लगायतका समाचारले प्रथामिकता पाए । त्यसैगरी निर्जीवन बीमा क्षेत्रमा साधारण सभा सम्पन्न, दाबी भुक्तानी, साधारण सभाको लागि बुक क्लोज, साधारण सभाको मिति तय जस्ता समाचारले प्रथाकिता पाए ।

जीवन बीमा क्षेत्रमा भएका गतिविधि
यस साता जीवन बीमा क्षेत्रमा विभिन्न क्रियाकलापहरु भए । यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाल शिक्षा सावाधिक जीवन बीमा योजना सर्वाजनिक गरेको छ । सन्ततिहरूको सुनिश्चित भविष्य तथा उचित शिक्षा र सामाजिक कार्यका लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने गरि ल्याएको यस योजनामा अभिभावको समेत एकै पटक बीमा हुनेछ भने नेपाल लाइफले नै यसै साता एकल बीमा बन्द गरी कम्पनीले जेठ एक गतेदेखि लागु हुने गरि नौलो सुरक्षित जीवन बीमा योजना सञ्चालनमा ल्याउने भएको छ ।

Esewa
Crest

त्यस्तै, यसै साता सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १४ औं वर्षमा प्रवेश गरेको छ । यस साता महालक्ष्मी लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका बरिष्ठ एजेन्सी मेनेजर ज्ञानबहादुर कुँवरले भर्खरै आफ्नी सालीलाई १० लाखको बीमा पोलिसी उपहार दिएका छन । यसै साता ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विववरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

त्यसैगरी यसै साता गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा बोधलाल पुरी कम्पनी सचिवमा नियुक्त भएका छन् भने एलआईसी नेपालमा कम्पनी सचिव तथा कानुन अधिकृत पदमा सुदर्शन गिरी नियुक्त भएका छन् ।

समितिले अभिकर्ताका लागि मासिक रुपमा संचालन गर्ने उपहार कार्यक्रममा नियम बमोजिम १८ प्रतिशतको सिमा भित्र रहेर उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । त्यस्तै, जीवन बीमा कम्पनीहरुले अवको ५ वर्षसम्म २० प्रतिशतका दरले फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नु पर्ने समितिले निर्देशन दिएको लगायतका समाचार यस साता विषेश बनेका छन् ।

निर्जीवन बीमा क्षेत्रमा भएका गतिविधि
यस साता निर्जीवन बीमा क्षेत्रमा पनि विभिन्न गतिविधीहरु भए । यस साता आइएमई जनरल इन्स्योेरेन्सको लाभांश प्रस्ताव पारित सहितसाधारण सभा सम्पन्न भयो । यसै साता सिटी एक्सप्रेस मनी ट्रान्सफरमा आवद्ध ८ जनाले कोरोना बीमा दाबी भुक्तानी पाए ।

त्यसैगरी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ भने सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पनि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन गर्ने, प्रभु इन्स्योरेन्स कम्पनीले जेठ ६ गते २५ औ वार्षिक साधारण गर्ने, सानिमा जनरल इन्स्योरेन्सले पनि जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा गर्ने, प्रभु इन्स्योरेन्स कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङको तर्फबाट कृष्णबहादुर कुंवरको प्रतिनिधित्वको सट्टामा केशवराज आचार्यले प्रतिनिधित्व गर्ने लगायतका समाचार यस साता इन्स्योरेन्स खबरको हेडलाइन बने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS