IME Life New

एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्न बीमा समितिको ७ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले निषेधाज्ञाको समयमा सेवा प्रवाहका लागि ७ बुँदे निर्देशन जारी गरेको छ । समितिले कोभिड-१९ को संक्रमणको कारण उत्पन्न परिस्थितको सन्दर्भमा स्थानिय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा बीमकहरुले दैनिक कार्य सञ्चालन गरी सर्वसाधारणलाई सेवा प्रवाह गर्नुपर्ने भएकाले यस्तो निर्देशन जारी गरेको हो ।

समितिले कम्पनीहरुलाई एक तिहाइ कर्मचारी मार्फत सेवा प्रवाह गर्न निर्देशन दिएको छ । सकेसम्म विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा नविकरण गर्ने व्यवस्थाका लागि पनि समितिले निर्देशन दिएको छ । विद्युतिय माध्यमबाट हुने व्यवसायमा रहेका कानुनी बाधालाई समेत समितिले खुला गरिदिएको छ ।

Esewa
Crest

१. बीमकहरुले आवश्यक बीमा सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये एक तिहाई कर्मचारीहरुद्वारा आलो पालोमा सेवा संचालन गर्ने र यसरी पालोमा कार्य गराउदा कार्यलय प्रमुखले कोभिड काज जनाउने । सम्बन्धित सबै कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा लिई हिड्ने व्यवस्था मिलाउने।

२. निषेधाज्ञाको अवधि भरी विद्युतीय माध्यमवाट वीमालेख जारी तथा नविकरण गर्न सकिने ।

३. निर्जीवन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि समाप्त भए पछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने ।

४. बीमालेख अनलाइन विधिबाट जारी गर्न सकिने र त्यसरी जारी गर्दा अनिवार्य रुपमा बीमा समिति बाट जारी भएका ऐन नियम र निर्देशिका साथै बीमकको Underwriting Manual को अधिनमा रहि गर्नु पर्ने ।

५. बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङ्कन गरी बीमालेख जारी गर्न सकिने, बीमालेखको प्रस्ताव फारम भर्दा ग्राहक पहिचान फारम, फोटो लगायत अन्य जानकारी समेत लिने व्यवस्था गर्ने ।

६. बीमालेख अन्तर्गतको बीमाशुल्क विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको Mobile/E-Banking तथा अनलाइन सेवा प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिने ।

७. बीमालेख जारी गर्दा टिकट वापतको शुल्क समेत लिने र टिकट टास्ने ब्यवस्था बीमकले गर्ने साथै बीमालेखमा This is electronically generated policy, hence, bears no signature and the duly stamped original policy will be provided after the lockdown period” भन्ने वाक्याशं सहित ईमेल मार्फत बीमालेखको सफ्ट कपी पठाउने । निषेधाज्ञाको अवधि समाप्त भएपछि टिकट सहितको सक्कल बीमालेख र रसिद बीमितलाई उपलब्ध गराउने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS