IME Life New

सिइडिबी हाइड्रोपावरको आइपीओ विक्री खुला,कति कित्ता आवेदन दिँदा ठिक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कुल आइपीओमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। उक्त आइपीओमा बैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सम्म पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । ।

उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त शेयरमा सम्पूर्ण सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS